सहकारीको सहयोगले फलिफाप

दोलखा । बैतेश्वर गाउँपालिका काब्रेकी कृतिकुमारी खड्का दाहाल होजियारी पेसाबाट मनग्य आम्दानी गर्न सक्ने भएकी छन् । पतिको मृत्युपछि एक्लैले चार जना परिवारको गुजारा चलाउँदै आएकी कृति गाउँमा रहेको जनमुखी सहकारीको सहयोगकै कारण आपूmले यो व्यवसायमा सफलता पाउन सकेको बताउँछिन् ।

जनमुखीकै ऋण सहयोगमा उलनको स्विटर, मोजा, टोपी लगायतका सामग्री उत्पादन र बिक्री वितरण गर्दै आएकी कृति यहि व्यवसायबाट छोरालाई इन्जिनियर बनाउन सकेको बताउँछिन् । व्यवसायलाई अगाडि बढाउने क्रममा अहिले पनि आपूmले जनमुखीको सात लाख रुपैयाँ तिर्न बाँकी नै रहेको कृतिले बताइन् ।

विगत एक वर्षदेखि नसा रोगबाट पीडित कृति अहिले आपूm यो पेसामा पूर्णरूपमा सक्रिय बन्न नसके पनि ग्रामीण महिलालाई तालिम दिने काममा भने सक्रिय रहेको बताउँछिन् ।

आपूmले तालिम दिएका २१ जना महिला जनमुखी सहकारी लगायतको सहयोगमा व्यावसायिक रूपमा होजियारी पेसामा नै आवद्ध रहेको कृति बताउँछिन् । बिरामी नै भए पनि आपूmले स्थापना गरेको कृति होजियारी स्टोरले वार्षिक खर्च कटाएर ५० हजारसम्म वचत गर्न सकेको उनको भनाइ छ ।

दोलखा जिल्लामा सहकारीको विस्तार भएपछि विशेषगरी ग्रामीण भेगका मानिस थौरै पुँजीबाट पनि व्यवसाय गरेर राम्रो आम्दानी गर्न सक्ने भएका छन् । दोलखाको बैतेश्वर गाँउपालिका–५ मैनापोखरीमा २१ वर्षअघि स्थापना भएको जनमुखी वचत तथा ऋण सहकारीले मात्र अहिलेसम्म कृषि व्यवसायको लागि २ सय १ जना र व्यापारको लागि ४ सय ५७ जनालाई ऋण सहयोग गरेको छ । जनमुखीबाट ऋण लिएर व्यवसाय गर्ने अधिकांश मानिस सफल व्यवसायी भएको संस्थाका सचिव राजन दाहाल बताउँछन् ।

जनमुखी सहकारीले आर्थिक सहयोगका लागि ऋण र तालिमको समेत व्यवस्था गरिदिएपछि काब्रेका खिमप्रसाद दाहाल अहिले वर्षमा चार लाखसम्म वचत गर्न सक्ने भएका छन् । जनमुखीलाई अहिले पनि चार लाख रुपैयाँ तिर्न बाँकी रहेको उनले बताए । मुख्य त आलु र गोलभेँडाको व्यावसायिक खेती गर्दै आएका खिमप्रसाद भैँसी र बाख्रापालनसमेत गर्छन् । सबै व्यवसायबाट वार्षिक १२÷१५ लाखसम्मको आम्दानी गर्ने खिमप्रसाद सबै खर्च कटाएर वार्षिक चार लाखसम्म वचत गर्न सक्ने बताउँछन् ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता एवं प्रदेश–३ का सांसद पशुपति चौलागाई सहकारी आन्दोलनमा जात, भाषा, क्षेत्र, राजनीति कुनै पनि कुरामा विभेद नहुने भएकोले ग्रामीण क्षेत्रका मानिसलाई व्यवसायी बनाउन सहकारी संस्थाहरू सहयोगी बनेको बताउँछन् । ग्रामीण भेगका अधिकांश मानिस सहकारीकै कारण आर्थिक रूपमा सम्पन्न बन्दै गएकोले यसले मुलुकको विकास र समृद्धिमा समेत टेवा पु¥याउन सक्ने चौलागाईं बताउँछन् ।

जनमुखीका अध्यक्ष सीताराम दाहाल संस्था स्थापनाको २१ वर्षको अवधिमा झन्डै १६ हजारलाई सदस्य बनाउन सकेको र त्यसमध्ये सात सय जतिलाई ऋण लगानी गरेर सफल व्यवसायी बनाउन सकेकोमा खुसी लागेको बताउँछन् ।

सहकारीले ५४ करोडभन्दा बढी रकम व्यवसायमै लगानी गरेकोले त्यसको सुरक्षणमा समेत समस्या नभएको अध्यक्ष दाहालको भनाइ छ । जनमुखीले सहकारीका सदस्यलाई ऋण लगानी गरेर व्यवसायी मात्र बनाएको छैन जेष्ठ सेयर सदस्यलाई मासिक भक्तासमेत उपलब्ध गराउँदै आएको छ । सहकारीका सेयर सदस्य मध्येका ७५ वर्ष माथिका १९ जनालाई मासिक पाँच सय रुपैयाँ भत्ता उपलब्ध गराउँदै आएको सचिव राजन दाहालले बताए ।

प्रतिक्रिया