रोचकले जिते वाकाथन

काठमाडौं । रोचक अधिकारीले विश्वविद्यालय खेलकुदको अन्तर्राष्ट्रिय दिवसको अवसरमा आयोजना गरिएको वाकाथनमा पहिलो स्थान हात पार्न सफल भएका छन् ।

उनले नगद ५ हजारसहित प्रमाणपत्र प्राप्त गरे । विश्वविद्यालय खेलकुद संघ नेपालको आयोजनामा भएको २ किमिको वाकाथन प्रतियोगितामा दोस्रो स्थानमा संजयबहादुर श्रेष्ठ र तेस्रो स्थानमा सम्राट बम रहे ।

उनीहरूले क्रमश:  नगद ३ हजार र २ हजार तथा प्रमाणपत्र प्राप्त गरे ।

बानेश्वरस्थित ग्लोबल कलेजका विद्यार्थी खेलाडीबीच भएको प्रतियोगितामा गल्र्सतर्फ स्वीकृती लिम्बू प्रथम, रोशनी हाडा द्वितीय र प्रितिका श्रेष्ठ तृतीय भए ।

यसअघि कार्यक्रमको राष्ट्रिय खेलकुद परिषद्का सदस्य एकेन्द्र कुँवरले उद्घाटन गरेका थिए ।  कुँवरले विजयी खेलाडीलाई पुरस्कार वितरण गरेका थिए । अन्तर्राष्ट्रिय विश्वविद्यालय खेलकुद महासंघले २० सेम्टेम्बरलाई अन्तर्राष्ट्रिय दिवसको रूपमा मनाउँदै आएको छ ।

त्यसैअनुरूप विश्वविद्यालय खेलकुद महासंघले पनि विविध कार्यक्रमसहित उक्त दिवसलाई मनाउने क्रममा वाकाथन र सेमिनारको आयोजना गरेको थियो । यसका साथै बानेश्वरस्थित ग्लोबल कलेजमा संघले सेमिनारको आयोजना गरेको थियो ।

मित्र राष्ट्र भारत र बंगलादेशका प्रतिनिधिको समेत उपस्थिति रहेको सेमिनारमा अन्तर्राष्ट्रिय विश्वविद्यालय खेलकुद महासंघले खेलकुद क्षेत्रमा पुर्याएको योगदान, भाइचारा र अन्तरसम्बन्ध, विश्वविद्यालय खेलकुदको विकास र विस्तार, विश्वविद्यालयका विद्यार्थीबीच भाइचारा र सांस्कृतिक आदान प्रदानका, खेलकुद प्रतियोगिता र सहभागीता एवं कमी कमजोरीका साथै आगामी दिनमा विश्वविद्यालय खेलकुदले पु¥याउनुपर्ने योगदानका बारेमा विभिन्न प्रतिनिधिले विचार व्यक्त गरेका थिए ।

प्रतिक्रिया