भत्ताले उज्यालिएको मंगलबहादुरको मुहार

ताप्लेजुङ । उत्तरी क्षेत्रमा पर्ने फक्ताङ्लुङ गाउँपालिका–६ लेलेपका पूर्णरूपले अपांग भक्तबहादुर लिम्बूले वडासचिव भानुभक्त श्रेष्ठलाई परबाट आउँदै गरेको देखे । आफ्नै घरतिर आउँदै गरेको देखेपछि बिस्तारै घस्रिँदै भए पनि उनी पिँडीसम्म आएर बसे ।

लिम्बूको मुहारमा कुनै नयाँ कुराको अनुभूति झल्किएको थियो । उनलाई हिँड्न डुल्न पनि गाह्रो छ । एउटा भएको भतिज पनि खोरिया फँडानीका लागि जंगल मै बस्छन् । उनी आपैmँ हिँड्डुल गर्न सक्दैनन् त्यसैले घरमै बसेर उनको दैनिकी चल्छ ।

विगतका समयमा भत्ता बुझ्न कसैको साहारा मागेर कसैको काँधमा चढेरै तत्कालीन गाविस कार्यालयमा पुग्नुपथ्र्यो उनलाई कि त उनकै भतिजलाई भत्ता ल्याइदिन आग्रह गर्नुपर्थ्याे । हिमाली जिल्लाको अफ्ठ्यारो बाटो त्यसमा पनि बोकेर गाविस भवनसम्म पुर्याउनुपर्ने, मुस्किलले घर फर्कन्थे । भत्ता बुझ्न जाँदा एकजना साथी नभई हुन्थेन । तर, विगत केही समयदेखि उनलाई भत्ता बुझ्न घर छोडेर कतै जानु परेन । कर्मचारी घरमै आएर हातमा आठ हजार थमाएर गएपछि खुसी भए ।

उनले भने, ‘घरमै पैसा ल्याएर दिँदा को खुसी हुँदैन र हजुर, सप्पै खुसी हुन्छ नी । म पनि खुसी हुन्छु तपाईं पनि खुसी हुनुहुन्छ । पैसा पाउँदा सबैलाई खुसी लाग्छ नी ।’

स्पष्ट रूपले बोल्न अनि हिँड्न पनि नसक्ने भक्तबहादुरले वडासविच भानुभक्त श्रेष्ठलाई सोधे, ‘तपाई फेरी पनि कैले आउनुहुन्छ ?’ वडासचिव श्रेष्ठले भक्तबहादुरको हातमा समाउँदै जवाफ फर्काए, ‘अब कात्तिकमा आउँछु ।’ भक्तबहादुरको मुहारमा हर्सका तरंग फैलिएको देखिन्थ्यो । अनि उनको मुहारमा मन्द मुस्कान छायो । उनले भने, ‘हुन्छ… ।’

स्थानीय तहमा सरकार आएपछि फक्ताङ्लुङ गाउँपालिकाका जनप्रतिनिधिले सामाजिक सुरक्षा भत्ता घरघरमै पु¥याउने गरेको निर्णय यहाँका वृद्धवृद्धा, अपांग सबैलाई वरदान नै भएको छ । भौगोलिक रूपले विकट ताप्लेजुङमा वडा कार्यालयसम्म पुग्नुपर्ने वाध्यता हट्दा स्थानीय सरकारको महसुस भएको बताउँछन् यहाँका स्थानीय ।

घरैमा पाएको भत्ताबाट उनले त्यति ठूलो सामान किन्ने पनि चाहाना राखेनन् । हामीले यो पैसाले के गर्नुहुन्छ ? भनी सोध्दा उन्को जवाफ थियो, ‘नुन तेल किन्छु, चामल किन्छु, लुगा किन्छु, त्यति हो ।’

भत्ता बाड्न आपूm पुग्दा वृद्धवृद्धाले धन्यवादसहित आशीर्वादसमेत दिने गरेको वडासचिव श्रेष्ठको अनुभव छ । वृद्ध भत्ता लिन आफन्तलाई लिन पठाउने झन्झटबाट आफू मुक्त भएको उनीहरूले बताउने गरेको वडासचिव श्रेष्ठले बताए ।

वडासचिव श्रेष्ठका अनुसार फक्ताङलुङ गाउँपालिका–६ लेलेपमा मात्रै १ सय ५० जनाको सामाजिक सुरक्षा भत्ता घरघरमै पु¥याउने गरिएको छ । यसैबीच सोही गाउँपालिकाका–७ ओलाङचुङ्गोलामा २० जना रहेका छन् । भौगालिक रूपले विकट स्थान भएकाले एक जनालाई भत्ता दिएपछि अर्काे व्यक्तिको घरसम्म पुग्न कम्तिमा पनि दुईदेखि चार घण्टासम्म लाग्ने गरेको श्रेष्ठको भनाइ छ । सामाजिक सुरक्षा भत्ता प्रत्येक चार महिनामा दिने गरिएको छ । अबको भत्ता भने दसैँको छेको पारेर वितरण गरिने उनले बताए ।

प्रतिक्रिया