‘स्त्री’ ले गर्यो कमाल

मुम्बई । बलिउड अभिनेत्री श्रद्धा कपुरको पछिल्लो चलचित्र ‘स्त्री’ ले निकै राम्रो व्यापार गरिरहेको छ । बक्स अफिसमा निरन्तर असफल चलचित्र आएपछि उनी निकै हतास भएकी थिइन् ।

बक्सअफिसमा एकपछि अर्को असफलता हात लागेपछि उनी बलिउडमा अहिलेका अभिनेत्रीभन्दा धेरै पछि पर्ने चर्चा सुरु भएको थियो । तर, उनी अभिनीत हरर कमेडी ‘स्त्री’ ले उनको करिअरमा सफलता मिलेको छ ।

रिलिजको पहिलो दिन शुक्रबार करिब ७ करोडको कमाइ गरेको यो चलचित्रले शनिबार १०.८७ करोडको कमाइ गर्यो । त्यस्तै, आइतबार १४.५७ करोडको कमाइ गर्यो । सोमबार ९.७० करोड कमाइ गरेको चलचित्र निर्माण पक्षले जनाएको छ ।

वर्ड अफ माउथ निकै गतिलो पाएको यस चलचित्रले ४ दिनमै ४१.९७ करोड कमाइ गरिसकेको छ । चलचित्र ४ दिनमै बक्स अफिसमा सुपरहिट भइसकेको छ । राजकुमार राव र श्रद्धा कपुर चलचित्रको मुख्य भुमिकामा छन् ।

प्रतिक्रिया