गायक तथा नाट्यकर्मी हरिप्रसाद रिमाल रहेनन्

काठमाडौं । गायक तथा नाट्यकर्मी हरिप्रसाद रिमालको ९३ वर्षको उमेरमा निधन भएको छ ।

उनको बिहीबार राति आफ्नै निवास बानेश्वर हाइटमा निधन भएको हो । रिमाल लामो समयदेखि अस्वस्थ भएका कारण घरमै आराम गर्दै आइरहेका थिए । उनको ‘फगत एक नजरमा कसैले लियो मन’ लगायत गीत चर्चित छन् ।

गोपालप्रसाद रिमालका भाइसमेत रहेका उनको परिवार नै नाटकमा लागेकाले उनी सानैदेखि यसमा जोडिएका थिए । उनले फिल्म ‘आमा’ सँगै नाटकहरु सन्तान, मुकुन्द इन्दिरालगायतमा अभिनय गरेका थिए । अभियनसँगै उनले निर्देशनको क्षेत्रमा पनि हात हालेका थिए ।

उनको पार्थिव शरीरलाई अहिले बिहान १० बजेसम्म निवासमा राखिने र त्यसपछि आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने पारिवारिक स्रोतले जानाएको छ ।

प्रतिक्रिया