विश्वमै लामो भाषणको कीर्तिमान राख्दै केसी

काठमाडौँ । नुवाकोट शिवपुरी गाउँपालिका–१ का अनन्तराम केसीले विश्वको सबैभन्दा लामो वक्तव्य राखेर विश्व कीर्तिमान राख्ने काम शुरु गरेका छन् ।

केसीले गिनिज बुक अफ वल्र्ड रेकर्डमा आफ्नो नाम राख्नका लागि सोमबार बिहान ६ बजेदेखि वक्तव्य दिन शुरु गरेका छन् । उनले गोकर्णेश्वर नगरपालिका–५ जोरपाटीस्थित इष्टपोल स्कूलमा वक्तव्य राख्न शुरु गरेका हुन् ।

राष्ट्रिय गौरवसँग जोडिएको यो अभियानलाई पूरा गर्न केसीले उभिएर तथा बसेर भाषण गर्ने अभियानका मिडिया संयोजक निर्मल अर्यालले जानकारी दिए ।

नेपालको ७७ वटै जिल्ला र भारतको छ प्रान्त गरी १२ हजार ५ सय किलोमिटर पैदलयात्रा गरिसकेका केसी एक आध्यात्मिक साधक हुन् । केसीले २१ दिन जल उपबास र छ महिना मौन ध्यान साधना पूरा गरिसकेका छन् ।

यसअघि ८० घण्टा लगातार वक्तव्य दिएर पनि प्राविधिक कारणले गिनिज बुक अफ वल्र्ड रेकर्डमा नाम लेखाउन नसकेका उनले विश्व रेकर्ड राख्ने अभियानमा सोमबारदेखि वक्तव्य राख्न शुरु गरेका हुन् ।

विश्वको सबैभन्दा लामो ८१ घण्टा १६ मिनेट बोलेर भारत केरेलाका केपी भाल साराजानले गिनिज बुक अफ वल्र्ड रेकर्डमा नाम दर्ता गराएका छन् ।

प्रतिक्रिया