पूर्वप्रधानमन्त्री सरिफ बाबु छोरीलार्इ जेलमा सुविधा !

 

काठमाडाैं । पाकिस्तानका पूर्व प्रधानमन्त्री नवाज सरीफ र उनीको छोरी मरियम नवाजलाई पाकिस्तान सरकारले गिरफ्तार गरेको छ । सरीफ बाबु छोरीलाई लण्डनबाट स्वदेश फर्कदै गर्दा शुक्रबार राति विमानस्थलबाटै गिरफ्तार गरी रावलपिंडीमा रहेको अडियाला जेलमा राखिएको छ ।

पूर्व प्रधानमन्त्री सरीफलाई दश वर्ष र छोरी मारियमलाई सात वर्षको कैद सजाय सुनाइएको छ । जेल आधिकारीका अनुसार नवाज र उनको छोरीलाई जेल पठाउनु अघि उनीहरुको स्वास्थ्य परिक्षण गरिएको थियो । हाल उनीहरुलाई अलग अलग भवनमा राखिएको छ ।

अडियाला जेलका एक अधिकारीले नाम उल्लेख नगर्ने सर्तमा बीबीसीलाई भने, ‘नजाव र उनकी छोरीले जेलमा रहदाँ अन्य कैदीले जस्तै कपडा लगाउनु पर्छ ।’ उनका अनुसार जेल अधिकारीको अतिरिक्त उनीहरुका लागि सुरक्षा निकाय ठूलो संख्यामा तैनाथ गरिएको छ ।

उनले भने, ‘यस अवस्थामा नवाज र मरियम कैदीले लगाउने पोशाक लगाउन आवश्यक हुन्छ ।’ जेल अधिकारीले बताउन चाहेनन की यदी नवाज र उनको छोरीले चाहेमा कैदीले लगाने कपडा आफ्नो लागि आफै पनि बताउने सक्नेछन् ।

जेलको कानुन अनुसार कनै पनि कैदीलाई अदालतले सजाय सुनाएको छ भने उसलाई दैनिक कुनै काम गराइन्छ । उनीहरुका लागि जेल भित्र फूलबारीको काम, अन्य कैदीलाई पढाउने वा भान्साको काम हुन सक्छ । जेलमा रहदा कैदीले छुट्टी पाउने व्यवस्था भने छैन । जेलमा रहेका कैदीलाई काममा लगाउने जिम्मा जेलका डिउटी सुपरिटेन्डको हुनेगर्छ ।

जेल अधिकारीका अनुसार जेलको नियममा उल्लेख भए अनुसार यदी कुनै कैदीले हप्ताभरी राम्रोसँग काम गर्छ र जेलका अधिकारी उसको काम र आचरणबाट सन्तुष्ट भयो भने उसलाई तोकिएको सजायबाट महिनामा पाँचदेखि सात दिनसम्म क हुनसक्छ । जेल कानुन अनुसार नवाज शरीफलाई पूर्व प्रधानमन्त्री भएका कारण ‘ए’ श्रेणीमा र उनको छोरी मरियमलाई ‘बी’ श्रेणीको वर्गियता दिइएको छ ।

पाकिस्तानको सबैभन्दा ठूलो जेल सूबे पंजावको दुई वटा जेलामा मात्र यस्तो सुविधा छ, जहाँ कैदीलाई ‘ए’ श्रेणीको सुविधा उपलब्ध गराउन सकिन्छ । ती हुन बहावलपुर र रावलपिंडीमा रहेको अडियाला जेल ।

जेलमा कैदीका लागि तीन प्रकारको श्रेणी तय गरिएको हुन्छ । हत्या, चोरी, डकैती, लडाई झगडा जस्ता गम्भिर अपराध गरेर आएका कैदीलाई ‘सी’ श्रेणीमा राखिन्छ । यस्तै लडाइ झगडामा सहभागी भएको तर उच्च धरानाका व्यक्तिसँग सम्बन्ध भएका र उच्च शिक्षा हासिल गरेको कैदीलाई ‘बी’ श्रेणीमा राखिन्छ । यसैगरी उच्च सरकारी अधिकारीका साथै पूर्व संघीय मन्त्रीहरुका लागि ‘ए’ श्रेणीको दर्जा दिने गरिन्छ ।

‘ए’ श्रेणीका कैदीले आरमका लागि दुई वटा कोठा पाउछन् । एक कोठाको साइज ९/१२ को हुन्छ । एसी युक्त कोठा, फ्रिज, टेलिभिजन र अलग भान्सा घर पाउछन् । उनले जेलको खानको अतिरिक्त आफ्नो रुचीअनुसारको खाना बनाएर खान सक्छन् । यसका साथै उनले आफ्नो काममा सहयोग पुर्याउन सहयोगी समेत पाउछ । कैदीले सहयोगका लागि पाएको काम गर्ने व्यक्ति आफैसँग राख्न सक्छन् । उनले नचाहेमा उनीहरु बस्नका लागि आफ्नै कोठमा जान्छन् ।

जेलको कानुन अनुसार ‘बी’ श्रेणीका कैदीका लागि एउटा कोठा र एक जना काम गर्ने मान्छे उपब्ध गराइन्छ । उद्यपी सुपरटेन्डले चाहे भने कामगर्ने मान्छे एक जना थप्न सक्छन् ।

मरियम नवाजलाई पनि ‘बी’ श्रेणीमा राखिएको छ । जेल अधिकारीका अनुसार मरियमलाई महिला कैदीको भवनमा राखिएको छ । उनलाई एक महिला कैदी सहयोगका लागि दिइएको छ । अधिकारीका अनुसार जुन कैदीलाई श्रेणी ‘ए’ र ‘बी’ लाई दिइने सहयोगी सामान्य अपराध गरी आएका कैदी हुने गर्छन् ।

जेल अधिकारीका अनुसार पूर्वप्रधानमन्त्री नवाज शरीफ र उनको छोरी मरियमलाई अदालतबाट दिइने सजाय पछि उनीहरुको सेवा सुनिधा कार्यान्वयन बनाइने छ । बीबीसीको सहयोगमा चमिना भट्टराईको प्रस्तुति

प्रतिक्रिया