एजेन्सी । विश्वकपमा जापानले ऐतिहासिक जित हात पारेको छ। मंगलबार भएको समूह ‘एच’ को खेलमा जापानले कोलम्बियालाई २–१ गोल अन्तरले पराजित गरेको हो।
जापानका खेलाडी स्निजी कागावाले खेलको छैठौं मिनटमा पेनाल्टीमा गोल गरेर अग्रता दिलाएका थिए । १० खेलाडीमा सीमित भएको कोलम्बियाका लागि खेलको ३१ औं मिनेटमा जुआन फर्नान्डो क्युन्टेरोले बराबरी गोल फर्काए । जापानका लागि युया ओसाकाले खेलको ७३ औं मिनेटमा विजयी गोल गरे ।
कोलम्बियाका कार्लोस सान्चेज खेलको तेस्रो मिनेटमै रातो कार्ड पाएर मैदानबाट बाहिरिएका थिए । जापानी फरवार्ड ओसाकाको प्रहार कोलम्बियाका गोलरक्षकले रोकेका थिए । तर, बाउन्स बलमा कागावाको प्रहार कार्लोस सान्चेजले पेनाल्टी एरियामा हातले रोक्न पुगे । त्यससँगै पाएको पेनाल्टी सदुपयोग गर्दै जापानका कागावाले अग्रता दिलाएका थिए ।
प्रतिक्रिया