अन्टार्कटिकामा २५ वर्षमा ३० खर्ब टन बरफ पग्लियो

वासिंगटन । अन्टार्कटिका बरफ चिन्ताजनकरूपमा पग्लिएका छन् । सन् २०१२ पछिका दिनमा करिब ३० खर्ब टन बरफ पग्लिइसकेको छ । हिम विशेषज्ञको एक अन्तर्राष्ट्रिय टोलीले गरेको अध्ययनअनुसार शताब्दीको पछिल्लो तीनमहिनामा अन्टार्कटिकाको दक्षिणी क्षेत्रमा यति बरफ पग्लियो कि टेक्सासमा १३ फिटसम्म जमिन डुबानमा परेका छन् ।

दक्षिणी क्षेत्रको बरफको घुम्टो जलवायु परिवर्तनको संकेतक हो । यो अध्ययन बुधबारको नेचर पत्रिकामा प्रकाशित भयो । अध्ययनका अनुसार १९९२ देखि २०११ सम्म अन्टार्कटिकामा एक वर्षमा ८४ अर्ब टन बरफ पग्लियो । सन् २०१२ देखि २०१७ सम्ममा बरफ पग्लिने दर प्रतिवर्ष २ सय ४१ अर्ब टनभन्दा धेरै भयो ।

अध्ययनसँग जोडिएकी युनिभर्सिटी अफ क्यालिफोर्नियाकी इरविन इजावेल वेलिकोग्नाले भनिन्, ‘हामीले चिन्तित हुनुपर्छ । हामीले हतास हुने गरी भइरहेको छ । हामीले अनुमान गरेभन्दा ज्यादै ठूलो मात्रामा भइरहेको छ । यही भागमा धेरै बरफ पग्लिएको छ ।’

प्रतिक्रिया