मंगलग्रहमा पनि धुलो मिश्रित आँधी


टम्पा । मंगल ग्रहमा भीषण धुलोमिश्रित आँधी चल्नाले नासाको अपरच्युनिटी रोवर ठप्प भएको छ । आँधीका कारण यो यान असडाउन मोडमा गएको र यसका सबै सिस्टम अफलाइन भएको अमेरिकी अन्तरिक्ष एजेन्सीले बताएको छ । सौर्य ऊर्जाबाट चल्ने यो यानको अस्तित्व खतरामा पर्न सक्ने भन्दै चिन्ता व्यक्त हुन थालेको छ । नासाका अनुसार एक्कासी धुलोसहितको आँधीले मंगल ग्रहमा सूर्यको किरणको मार्ग अवरुद्ध भएको छ ।

यस्तो धुलो सहितको आँधीले सो ग्रहको साढे तीन करोड वर्गमिटर ढपक्कै ढाकेको छ । नासाका लागि अपरच्युनिटी प्रोजेक्ट म्यानेजर जोन कालासले अपरच्युनिटीलाई मंगल ग्रहको परसिवेरेन्स भ्याली नामको स्थानमा देखिएको बताएका छन् । सो यान अटडाउन मोडमा गएको छ र हामी आँधी रोकिने प्रतिक्षा छौँ । उनले भने, ‘कहिले आँधी सकिएला र अपच्युनिटीले फेरि हामीसँग सम्पर्क गर्छ भन्ने आश गरेका छौँ ।’

सबैभन्दा पहिले ३० मे मा यो आँधीबारे जानकारी प्राप्त भएको थियो र अहिले यो झन् भीषण बन्दै गएको बताइएको छ । यो यानसँग १० जुनमा अन्तिमपटक सम्पर्क भएको थियो । मंगल ग्रहमा जीवन भए नभएको पत्ता लगाउन सन् २००३ मा अपच्युनिटी र स्पिरिट नामका दुई मानवरहित यान प्रक्षेपित गरिएको थियो ।

प्रतिक्रिया