ट्रम्पसँग वार्ताका लागि सिंगापुर पुगे किम

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेटवार्ता गर्न उत्तर कोरियाली नेता किम जोङ उन सिंगापुर पुगेका छन् ।

एयर चाइनाको विमानबाट चाङगी विमानस्थलमा ओर्लिएका किमलाई सिंगापुरका विदेशमन्त्री भिभियन बालाकृणनले स्वागत गरेका छन् । विदेशमन्त्री बालाकृष्णन शुक्रबार नै प्योङयाङ पुगेका थिए ।

किन र उनी नेतृत्वको प्रतिनिधिमण्डल सेन्ट रेगिस होटलमा बस्नेछन् ।

दुई नेताबीचको बहुप्रतिक्षित वार्ता मंगलबार सेन्तासा आइल्याण्डमा रहेको होटल क्यापेलामा हुनेछ । बहालवाला अमेरिकी राष्ट्रपति र उत्तर कोरियाली नेताबीचको यो पहिलो भेट हुनेछ ।

भेटवार्ताका लागि सिंगापुर पुग्दा ट्रम्प र किमलाई सिंगापुरमा रहेका गोर्खा प्रहरीले सुरक्षा दिनेछन् ।

प्रतिक्रिया