म आफैँलाई माफी दिन सक्छु: ट्रम्प

 

–एरिक टकर  राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूसँग आफैँलाई माफी दिने पूर्णअधिकार भएको दाबी गरेका छन् । यो कार्यकारी अधिकारीको असाधारण उन्मुक्त दृष्टिकोण हो, जुन अधिक मात्रामा अदालतमा परीक्षण भएको छैन । यसले हाल उनीमाथि अनुसन्धान गरिरहेका अभियोक्तासँग उनको संघर्षलाई अझै लम्ब्याउन सक्ने संकेत दिएको छ ।

त्यसै पनि माफीको आवश्यकता छैन, किनभने ‘मैले कुनै गल्ती गरेकै छैन’, ट्रम्पले सोमबार ट्विट गरे । विशेष अधिवक्ता रोबर्ट मुलरलाई दिइएको एक ज्ञापनपत्रमा उनका वकिलहरूले न्याय अवरुद्ध पारेको क्षेत्रमा राष्ट्रपतिले कुनै पनि गल्ती गर्नु उनका लागि असम्भव हुन्छ भनी दाबी गरेका छन् । मुलर यस विषयमा अनुसन्धान गरिरहेका छन् । राष्ट्रमा कानुन कार्यान्वयन गर्ने प्रमुख अधिकारीको रूपमा ट्रम्पले न्याय विभाग तथा कार्यकारी संस्थामा पूर्ण नियन्त्रण गर्छन्, त्यसैले उक्त दाबी गरिएको हो ।

यो भन्दा पनि पर उनका वकिलहरूले पदमा रहेका राष्ट्रपतिलाई फौजदारी अभियोग लगाउन सकिन्न भन्ने कुरामा कुनै विवाद नरहेको कुरामा पटकपटक अडान लिएका छन् ।न्याय विभागले ‘विशेष अधिवक्ता’ नियुक्त गर्नु पूर्णतया असंवैधानिक हुन्छ’ भनी ट्रम्पले सोमबार अर्को ट्विट गरेका छन् । जे भए पनि मुलरको अनुसन्धान अगाडि बढेको छ, यदि कुनै ऐतिहासिक नजिर स्थापना भयो भने सदा झैँ अदालतले पनि न्युनतम रूपमा केही प्रश्नको सामना गर्नुपर्ने हुनसक्छ ।

यी प्रश्नमा के एउटा राष्ट्रपतिलाई अधिवक्ताको प्रश्नको उत्तर दिन बाध्य पार्न सकिन्छ ?के एउटा सेना प्रमुखले अनुसन्धानमा आपराधिक रूपमा हस्तक्षेप गर्ने कुरा सम्भव हुन्छ ? के एउटा राष्ट्रपतिको माफी दिने अधिकारको विस्तार भ्रष्टाचारको उद्देश्यमा पनि उपयोग हुनक्छ ? भन्ने प्रश्न समावेश हुन्छन् । ‘यी प्रश्नमा परीक्षण भएको छैन भन्ने कारण छन् ।

किनभने यी विचार गर्न नसकिने कुरा थिए’, राष्ट्रपति बराक ओबामाको कार्यकालमा ह्वाइट हाउसको वकिलको कार्यालयमा सेवा गरिसकेका र हाल सभाना ल स्कुलका प्राध्यापक एन्ड्रयु राइट भन्छन्, ‘यहाँ राष्ट्रपतिको खेलको भाग कहिल्यै परीक्षण नभएको अस्पष्ट विषय लिनु र ‘हेर यस बिन्दुमा कुनै पनि आधिकारिकता छैन’ भन्नु हो । सन् २०१६ को निर्वाचनका समयमा के ट्रम्पका सहयोगीले रसियासँग समन्वय गरे ?

र एफबिआईका निर्देशक जेम्स कोमीलाई बर्खास्त गर्नुसहितका कार्यबाट के ट्रम्पले अनुसन्धान बन्द गर्न पाइला चाले ? भन्ने कुरामा मुलरले अनुसन्धान गरिरहेका छन् । आफूले कुनै गल्ती नगरेको कुरामा ट्रम्पले अडान लिएका छन् । जनवरीमा मुलरलाई दिइएको र हालै प्रकाशन भएको ज्ञापनपत्र साथै राष्ट्रपति ट्रम्पका वकिलका विज्ञप्ति उनले गरेको कारबाही गर्न उनलाई संवैधानिकरूपमा अधिकार प्राप्त छ भन्ने स्थापना गर्ने कुराको प्रतिरक्षा गर्ने कामको वरपर घुमिरहेको स्पष्ट छ ।

प्रतिरक्षाका वकिलको तर्कले राष्ट्रपतिलाई बाँध्ने कानुनको भन्दा पनि अमेरिकी जनताले अपेक्षा गरेको मान्यता अनुसारको अधिकारको दुरूपयोग विरुद्धको संरक्षण नै संहिता हो भन्ने बुझाउँछ । उदाहरणका रूपमा ट्रम्पको दृष्टिकोणमा एफबिआईका निर्देशक कोमी वा अन्य कुनै पनि व्यक्तिलाई कुनै पनि कारणमा बर्खास्त गर्ने उनको अधिकार छ । यसै गरी संविधानले दिएको अधिकार उपभोग गरी राष्ट्रपतिले एफबिआईले गरेको अनुसन्धान पनि अन्त्य गर्न सक्नुहुन्छ भन्ने उनका वकिल भन्छन्।

राष्ट्रपतिले आफूलाई ह्वाइट हाउसका पूर्वराष्ट्रिय सल्लाहकार माइकल फिल्नमाथि एफबिआइले गरेको अनुसन्धान बन्द गर्ने विषयमा विचार गर्न भनेको भनी कोमीले लगाएको आरोप पन्छाउन यो तर्कले काम गर्नसक्छ । यी प्रश्न पूर्णतया समाधान नभए पनि कोमीलाई बर्खास्त गरी राष्ट्रपति ट्रम्पले न्यायलाई अवरुद्ध पार्न सक्ने थिएनन् भन्ने तर्कमा तार्किकता भएको साउथ टेक्सास कलेज अफ लका प्राध्यपक जोस ब्ल्याकम्यानले बताए ।

‘यदि तपाईं अवरोधको कानुन राष्ट्रपतिलाई त्यसो गर्न अधिकार छ भन्ने कुरामा लगाउने प्रयास गरिरहेका छन् भने म यो कानुन लागू हुँदैन भन्ने सोच्छु’, उनले थपे । ह्वाइट हाउसका प्रवक्ता सरा हकबी स्यान्डर्सलाई सोमबार के राष्ट्रपति कानुनभन्दा माथि छन् ? भनी पटकपटक सोधिएको प्रश्नमा उनले ‘होइन, उनी छैनन्’ भन्छन् । ब्ल्याकम्यानले राष्ट्रपतिलाई कसरी कानुन लागू हुन्छ भन्ने अझै राम्रो प्रश्न भएको र त्यो निकै सामान्य भएको बताए ।

‘यो महान नारा हो तर राष्ट्रपतिलाई सबै पक्षमा कानुनले समान भनी व्यवहार गर्दैन’, ब्ल्याकम्यानले भने । ‘निश्चय पनि त्यस्ता कुरा पनि छन् जो राष्ट्रपति गर्न सक्नुहुन्छ र अरू कसैले पनि गर्न सक्दैन’ जस्तो माफी दिनु वा अन्तर्राष्ट्रिय सन्धिका लागि सम्झौता गर्नु । ट्रम्पको अनुसन्धानबाट उब्जाउन सक्ने र अदालत भिड्न सक्ने केही नजिर छन् तर, धेरै तरिकाले अझै पनि तर्क समाधान भएको छैन । उदाहरणका रूपमा राष्ट्रपतिलाई वयान दिन बाध्य पार्न सकिन्छ कि सकिन्न भन्ने कुरामा स्पष्टरूपमा सर्वोच्च अदालतले कहिल्यै निर्णय गरेको छैन ।

सन् १९७४ मा न्यायाधीशले रिचर्ड निक्सनले मागिएको रेकर्डिङ र कागजात उपलब्ध गराउनुपर्छ भनी निर्णय गरेका थिए । सन् १९९८ मा बिल क्लिन्टनलाई ह्वाइटवाटर ग्र्यान्ड ज्युरीले उपस्थित हुन बोलाएको थियो । राष्ट्रपति क्लिन्टनले वयान दिने सम्झौता गरेपछि यो आह्वान फिर्ता लिइएको थियो । उपस्थितिको आदेशलाई संवैधानिकरूपमा चुनौती दिने सम्भावनालाई यस सम्झौताले अन्त्य गरेको थियो ।

सन् १९९७ मा राष्ट्रपति क्लिन्टविरुद्ध पौला जोन्सको यौन उत्पीडनसम्बन्धी मुद्दामा न्यायाधीश जोन पल स्टिभनले मुद्दालाई अगाडि बढाउन आदेश दिँदै लेखेका थिए ‘फौजदारी मुद्दामा ‘फौजदारी न्यायको निष्पक्ष प्रशासन’ मा ठूलो अभिरुचि प्रमाण उचित परिस्थितिमा उपलब्ध गराउनुपर्छ भन्ने हुन्छ ता कि न्यायिक प्रणालीको निष्पक्षता ह्रास नहोस् ।’ उनले राष्ट्रपतिले वयान दिएको र प्रायः पर्याप्त कागजात उपलब्ध भएको बताउँदै ‘यस्तो अन्तक्रियालाई कमै रूपमा नयाँ भन्न सकिन्छ’ भनी धारणा राखेका थिए ।

मुलरले राष्ट्रपति ट्रम्पले स्वेच्छिकरूपमा अन्तर्वार्ता दिन अस्वीकार गरे भने उनलाई बोलाउने सम्भावना रहेको देखाएका छन् तर मुलरले वास्तवमै त्यस्तो गर्नेछन् भन्ने कुरा स्पष्ट भएको छैन । यस्तो पाइला सैद्धान्तिकरूपमा मुलरका लागि अदालतमा पराजयमा अन्त्य हुनसक्छ र निश्चय पनि अनुसन्धान अझै लम्बिन सक्छ । गएका कैयौँ दिनदेखि राष्ट्रपतिको माफी दिने अधिकार क्षेत्रका बारेमा छलफल बढिरहेको थियो । राष्ट्रपति ट्रम्पले न्याय विभागको माफी अधिकारीभन्दा बाहिर माफी दिएर यो व्यवस्था तोड्ने चाहना प्रमाणित गरिसकेका छन् ।

ऐतिहासिकरूपमा यसै विभागले माफीको निवेदनमा पुनरावलोकन गथ्र्यो र उचित उम्मेदवारलाई सिफारिस गथ्र्यो । उनले आफ्नै लागि हालै बराक ओबामाका आलोचक दिनेश डी सुजालाई माफी दिएका छन् । डी सुजाले निर्वाचन कोषमा जालसाज गरेको स्वीकार गरेका थिए । बुस प्रशासनमा ह्वाइट हाउसमा सहयोगी एल लिविस ‘स्कुटर’ लिबीलाई पनि माफी दिइएको छ । राष्ट्रपति ट्रम्पले अन्य धेरै व्यक्तिसँगै मार्था स्टेवार्ट र इलिनोइसका पूर्वगभर्नर रड ब्ल्यागोजेभिकलाई माफी दिने सोचिरहेको बताएका छन् ।

सन् १९७४ मा न्याय विभागको कानुनी मतसम्बन्धी कार्यालयले राष्ट्रपतिले आफैँलाई माफी दिन नसक्ने मत राखेको थियो । ‘मौलिक कानुनअनुसार कोही पनि आफ्नै मुद्दामा आफैँ न्यायाधीश बन्न सक्दैन ।’ यसो भए पनि यस प्रश्नलाई मुलुकको सर्वोच्च अदालतले यसअघि कहिल्यै परीक्षण गरेको छैन । यस मतमा यदि राष्ट्रपतिले आपूmलाई माफी दिनुपरेमा आफूलाई अस्थायी रूपमा पदमा कायम रहन अस्थायी रूपमा असमर्थ घोषणा गर्नुपर्छ । त्यसपछि उपराष्ट्रपतिले कार्यवाहक राष्ट्रपतिको पद लिनुपर्छ र राष्ट्रपतिलाई माफी दिनुपर्छ ।

अन्त्यमा, राष्ट्रपति पनि कानुनअन्तर्गत रहन्छन् भन्ने जनताको अभिरुचीमा मुलरले विश्वास गर्छन् भने उनको अनुसन्धानले राष्ट्रपतिको कार्यकारी अधिकार व्यवस्थापन गर्ने अधिकारलाई कसरी सन्तुलित गर्ने भन्ने प्रश्न उठाएको छ । पूर्वउपराष्ट्रपति एल गोरका वकिलको रूपमा पनि सेवा गरेका राइटले यी तर्कहरू राष्ट्रपतिले आफ्नो कार्यकारी अधिकार व्यवस्था गर्ने वैधानिकतासम्बन्धी नजिरमा आधारित भएको बताउँदै यी तर्कमा तर्क गर्ने व्यक्तिले आफूलाई आफ्नै तर्कभन्दा पनि पर लगेको धारणा व्यक्त गरे ।

प्रतिक्रिया