इटाली । उत्तरी इटालीमा रेलको ठक्करबाट घाइते भएकी एक महिलाको उद्धार गर्दै गर्दा सेल्फी लिएका एक पुरुष विश्वभर आलोचित भएका छन् । एक क्यानाडेली महिलालाई रेलले स्टेसनबाट छुट्ने क्रममा ठक्कर दिएको थियो ।दुर्घटनापश्चात् वरपरका यात्रु र सुरक्षाकर्मीहरू उद्धारमा खटिएका थिए भने ति पुरुष आफ्ना आैँलाले अंग्रेजी भी बनाउँदै सेल्फी खिचेका थिए ।
दुई आैँला देखाएर भी बनाउनुको अर्थ भिक्ट्री अर्थात् विजय भन्ने हुन्छ । उनको तस्बिर अन्य पत्रकारहरूले खिचेपछि भाइरल बनेको हो । घटनालगत्तै प्रहरीले उनको मोबाइलबाट सेल्फी मेटाएता पनि पत्रकारले लिएको तस्बिर सर्वत्र चर्चित भएको हो ।
उक्त तस्बिर सामाजिक सञ्जालमा मात्र नभई इटालीका दर्जन बढी पत्रिकाको पहिलो पृष्ठमा छापिएको थियो । स्थानीय प्रहरीले ति युवकलाई केही समय नियन्त्रणमा लिएर अपराध नभएको भन्दै छोडेको एजेन्सीले बताएको छ । घटनापछि स्थानीयले मानिसमा नैतिकता हराउन थालेको भन्दै आलोचना गरेका छन् ।
प्रतिक्रिया