ज्वालामुखी विस्फोट, कम्तीमा ६५ को मृत्यु

एजेन्सी । ग्वाटेमालामा एक शताव्दियताकै शक्तिशाली ज्वालामुखी विस्फोटनमा कम्तीमा ६५ जनाले ज्यान गुमाइसकेको पुष्टि भएको छ।

मध्य अमेरिकी उक्त देशको विपद्सम्बन्धी निकायले उद्धारकर्ताहरूले फोएगो ज्वालामुखी भन्दा तल रहेका भिरालो क्षेत्रमा थप शवहरू फेला परेको र दर्जनौँ मानिसहरू हराइरहेको उल्लेख गरेका छन्।

तीव्र वेगमा बगेका तातो खरानी र लाभाबाट जोगाउने क्रममा चार हजार भन्दा बढी मानिसहरूलाई ग्वाटेमाला सिटी भन्दा ३५ किलोमिटर पर रहेको उक्त क्षेत्रबाट उद्धार गरिएको छ।

यसैबीच राष्ट्रपति जिम्मी मोरालेसले तीन दिने राष्ट्रिय शोकको घोषणा गरेका छन्।

ज्वालामुखी सम्बन्धी विज्ञहरूका अनुसार फोएगोबाट निस्केको खरानीको मुस्लो आकाशमा १० किलोमटरमाथिसम्म पुगेको थियो र त्यो अहिले रोकिएको छ।

प्रतिक्रिया