सुन्दरी ‘डन’ को दादागिरी


बेंगलोर । गुजरातको काठिवाडाकी संतोकबेन जाडेजा उर्फ गड मदरले एक समय खुब नाम कमाएकी थिइन् । पति श्रवणकुमारको हत्यापछि गड मदरले पोरबंदरको समुद्री किनारमा हुने सबै अवैध कारोबार उनले स्वयं सम्हालेकी थिइन् । तर, लामो समयपछि एक पटक फेरि गुजरातमा सानी गड मदर सार्वजनिक भएकी छन् ।

‘उनी’ अर्थात् अस्मिता उर्फ भूरी गोहिल पनि त्यही काडियावाड क्षेत्रकी हुन् जहाँ कुनै समय गड मदरको राज चल्थ्यो । सुन्दर नापनक्सा, कामुक काया तथा फेसनका साथ आफ्नो बोलावाला देखाउन शौखिन भूरीको उमेर भने मात्र १९ वर्षको छ । यी किशोरीलाई देखेर मोहित हुनुपर्नेमा सुरतको बरछा इलाकाका मानिस डरले थर थर काम्छन् ।

केही दिनअघि हातमा तलवार लिरू बाइकमा सहर घुम्न निस्केकी युवतीको भिडियो भाइरल भएको थियो । त्यसपछि सामाजिक सञ्जालमा त्यही केटी आफ्ना केही साथीका साथ केही केटाहरूलाई रामधुलाई गरिरहेको फोटो देखिएको थियो । उनी अरू कोही नभएर महिला ‘डन’ भुरी थिइन् ।

बरछा प्रहरीले हप्ता असुली, एम्ब्रोईडरी कारखानामा तोडफोड, धम्कीका आधा दर्जन उजुरीपछि प्रहरीले उनलाई पक्राउ गर्यो ।पक्राउपछि अदालत लैजाँदै गर्दा उनको हाउभाउ फिल्म ब्यान्डेट क्विनकी नायिकाजस्तै थियो । अनुहारमा मास्क लगाइएको भए पनि उनी प्रहरीको घेरा भित्रैबाट दर्शकलाई हात जोडदै अभिवादन गरिरहेकी थिइन् ।

जब पत्रकारले उनलाई ‘लेडी डन’ भनेर सम्बोधन गरे तब उनले आक्रोशित हुँदै जवाफ दिइन् ‘म कुनै डन, सन होइन ।जय माता दी’को सम्बोधन गर्दै उनले स्टाइलका साथ टाउको अर्कोतिर फर्काइन् । बरछा प्रहरीका इन्स्पेक्टर मयुर पटेलका अनुसार उनी एक वर्षदेखि हत्याका आरोपी संजयसँग लिभिङ टुगेदरमा बस्छिन् ।

उनी भावनगरमा परिवारसँगै बस्थिन्, परिवारमा उनको विवाद भएपछि सुरतमा काकाको घरमा आइन् । तर, त्यहाँ पनि उनी टिक्न सकिनन् । मयुर पटेलकाअनसार उनीविरूद्ध आधा दर्जन बढी हत्यालगायतका अपराधिक कार्यका उजुरी दर्ता छन् । अहिले उनलाई अदालतले सुरतको लालपोर जेल पठाएको छ । अदालतले उनलाई पुर्पक्षका लागि थुनामा पठाएको हो ।

प्रतिक्रिया