चीन । चीनको दक्षिणपश्चिम क्षेत्रमा पर्ने गुइझाओ प्रान्तका पहाडी क्षेत्रहरू घुमफिरका लागि चर्चित गन्तव्य हुन् । तर कलेज तहकी एक विद्यार्थी चेङ जिआनीङ भने त्यस क्षेत्रमा स्वयंसेवी शिक्षकमा रूपमा कार्यरत छन् । गत एक वर्षभन्दा बढी समयदेखि कार्यरत उनको जीवन लोभलाग्दो र सन्तोषजनक देखिन्छ । सन् २०१७ को जुलाईमा चेङ २३ वर्षको थिए । मध्य चीनको हुवेइ प्रान्तमा रहेको हौझोङ कृषि विश्वविद्यालयबाट उनले त्यतिवेला भर्खर स्नातक गरेका थिए ।
राष्ट्रिय स्वयंसेवी शिक्षक कार्यक्रम सन् २००३ देखि लागू भएको हो । जसले विद्यार्थीहरूलाई स्वयंसेवी शिक्षकको रूपमा गरिब, आदिवासी र अल्पसंख्यक समुदाय रहेको क्षेत्रमा काम गर्न प्रेरित गर्ने गरेको छ । उनले सन् २०१६ मा हुवेईको प्राथमिक विद्यालय भ्रमण गरेपछि स्वयंसेवी शिक्षक बन्ने निर्णय गरेको बताए ।
‘म चकित र दुःखी भएँ की म गएका ठाँउका गरिब बालबालिकाहरूले पाएको दुःख र उनीहरूको अवस्था देखेर । बालबालिकाहरू विद्यालयदेखि घरसम्म आउन जानका लागि दैनिक घण्टौँ हिड्ने गरेको पाएँ,’ चेङले बताए । उनले थपे, ‘त्यही बेलादेखि मैले स्वयंसेवी शिक्षकको रूपमा काम गर्ने र उनिहरूलाई सघाउने अठोट गरेको हुँ ।’
त्यतिवेलाको जुलाईमा केही दिनको तयारीपछि चेङसहित उनका चार जना सहपाठीहरूले आफ्नो सहर छाडेर त्यो दुर्गम गाँउतर्फ लागेका थिए । उनीहरू गुइझाओकोे प्राथमिक विद्यालयमा गएका थिए । सो विद्यालय रहेको डासी गाउँ ठूलाठूला पहाड र गरिबीले घेरिएको छ । निकै साँघुरा पहाडी बाटोहरू पार गरेर मात्रै त्यो ठाँउमा पुग्न सकिन्छ ।
गाउँको सो प्राथमिक विद्यालयमा रहेका ७० जना विद्यार्थीलाई पढाउन तीन जना मात्रै शिक्षक थिए । तीनै विद्यार्थी र शिक्षकहरूलाई प्रेरित गर्न चेङ आएका हुन् । ‘हामीले हरेक हप्ता कडा मेहनेतका साथ पठाउने गरेका थियौँ, मैले तीन कक्षाका विद्यार्थीलाई चिनियाँ भाषा र गणित पढाउने गरेको थिएँ, चार कक्षाका विद्यार्थीलाई अंग्रेजी र एक कक्षालाई खेलकुद पढाउने गरेको थिएँ,’ चेङले भने ।
पहिला पहिला खासै पढ्न र नियमित विद्यालय आउन जाँगर नगर्ने, बीचैमा पढाई छाड्ने विद्यार्थीहरूले पनि अहिले भने खुसी भएर पढ्ने र भविष्यप्रति आशावादी हुने गरेको उनको भनाइ छ ।
प्रतिक्रिया