बालिकाको नाम सुन्दै रिसायो अदालत


इटाली । इटालीको एउटा रोचक विषय सार्वजनिक भएको छ । जसमा अदालतले एक दम्पतीलाई आफ्नी १८ महिने छोरीको नाम परिवर्तन गर्न आदेश दिइएको छ । अदालतले बालिकाको नाम जन्म दर्ता प्रमाण पत्र र पासपोर्टमासमेत परिवर्तन गर्न आदेश दिएको हो । दम्पतीले आफ्नी छोरीको नाम परिवर्तन नगरे अदालत स्वयंले परिवर्तन गरिदिने बताएको छ ।
दम्पतीले आफ्नी १८ महिले छोरीको नाम ‘ब्लु’ राखेका छन्, जसमा अदालतले आपत्ति जनाएको छ । अदालतले दम्पतीलाई अदालतमा बोलाएर भन्यो कि यो नाम आधुनिक हो, जुन अंग्रेजी शब्दका आधारमा राखिएको छ । तर, यो महिला वा केटीका लागि ठिक हुन सक्दैन ।

अर्कोतर्फ बालिकाका मातापिताले अमेरिकी गायिका बियान्सेले पनि आफ्नी छोरीको नाम ‘ब्लु’ नै राखेको बताएका छन् । एक सर्भेक्षणका अनुसार इटालीमै पनि १०१६ मा ५ बालिकाको र २०१५ मा ५ जना बालिकाको नाम ‘ब्लु’ राखिएको छ ।तपाईलाई थाहा नहुन सक्छ सन् २००० मा इटालीका तत्कालिन राष्ट्रपतिले एउटा कानुन पारित गरेका थिए ।

जसअनुसार बालबालिकाको नाम उसको लिंगअनुरूप हुनुपर्छ । यसको अर्थ हो ‘ब्लु’ स्त्रीलिंगी शब्द होइन, त्यसकारण नाम परिवर्तन गर्नुपर्ने भएको हो ।

प्रतिक्रिया