पाकिस्तानमा जुलाई २५ मा आम निर्वाचन हुने

एजेन्सी । पाकिस्तानमा नयाँ प्रधानमन्त्रीका लागि अागामी जुलाई २५  मा आम निर्वाचन हुने भएको छ । सरकारले राष्ट्रपति म ममुन हुसेनलेलाई निर्वाचनको लागि गरेको सदर भएको छ । राष्ट्रपति कार्यालयका अनुसार राष्ट्रियसभा र प्रतिनिधिसभाको निर्वाचन एकै दिन हुने भएको छ ।

पाकिस्तानमा वर्तमान सरकारको कार्यकाल सकिँदैन लागेकाले निर्वाचनको मिति तोकिएको जनाइएको छ । । हाल पाकिस्तानमा शाहिद खकान अब्बासी प्रधानमन्त्री छन् ।

तत्कालीन प्रधानमन्त्री नवाज शरिफलाई सर्वोच्च अदालतले गत वर्ष जुलाईमा भ्रष्टाचारी ठहर गरी पदमुक्त गरेको थियो । त्यसपछि शरिफकै पार्टी पाकिस्तान मुस्लिम लिग नवाजले खकानलाई प्रधानमन्त्री बनाएको थियो ।

सन् २०१३ मा भएको आम निर्वाचनबाट शरिफले अत्यधिक बहुमत हासिल गरेका थिए । आगामी चुनावमा पाकिस्तान मुस्लिम लिगलाई तहरिक ए इन्साफ पार्टीले टक्कर दिने अनुमान गरिएको छ । तहरिक एक इन्साफ पूर्वक्रिकेटर इमरान खानको पार्टी हो ।

नवाज शरिफलाई भने अदालतले चुनाव लड्नसमेत प्रतिवन्ध लगाइदिएको छ ।

प्रतिक्रिया