के हो मलमास भनेको ?

‘जब चन्द्रमा अनुसार महिनाहरुको गणना हुन्छ । अनि १२ महिना मिलेर एक सौरवर्ष भन्दा झण्डै १० दिनको घटी हुन्छ र तीन–तीन वर्षमा कुनै न कुनै राशी अन्तरगत नै उसको आरम्भ एवं अन्तरगत नै उसको आरम्भ एवं अन्तमा दुई पूर्णिमा अथवा दुई अमावश्य हुन जान्छ, यस्तो अवस्थामा नेपाली पचाङ्गमा अधिकमास पुरुषोत्तम वा मलमास भनिन्छ’

-विश्वनाथ खरेल एउटै महिनामा दुईवटा औंसी परे भने त्यसलाई मलमास भनिन्छ । ज्योतिष शास्त्रअनुसार २०७५ साल जेठ २ गतेबाट मलमास सुरु भई जेठ ३० गतेसम्म रहने छ । यसरी मासको अर्थ महिना हो । खासमा यसको नाम मलमास नभएर अधिक मास पनि हो ।

यसलाई अरु विभिन्न नाम जस्तै पुरुषोत्तम मास पनि भनिन्छ । अतः पञ्चांग गणनाको सूर्यमान अनुसार वर्षमा ३६५ दिन, १५ घडी, ३१ पला र ३० विपला हुन्छ जब कि चन्द्रमान अनुसार वर्षमा ३५४ दिन, २२ घडी, १ पला र २३ विपला हुन्छ ।

सूर्य तथा चन्द्रमानबीच वर्षमा १० दिन ५३ घडी, ३० पला एवं ७ विपलाको अन्तर हुने गर्छ । यसै अन्तरलाई समायोजित गर्नका लागि अधिक मासको व्यवस्था गरिएको पाइन्छ । अधिक मास प्रत्येक तीन वर्षमा एकपटक आउँछ । यो फागुनदेखि कात्तिकको बीचमा पर्ने गर्छ । जुन वर्ष अधिक मास पर्छ त्यो वर्ष १२ को स्थानमा १३ महिना हुन्छ ।

अधिक मासको निर्णय सूर्य सड्क्रान्न्तिको आधारमा गरिन्छ । जुन महिनामा सूर्य सड्क्रान्न्ति हुँदैन त्यसलाई अधिक मास भनिन्छ । ज्योतिषशास्त्र अनुसार जुन चन्द्रमास भित्र सूर्य सक्रान्ती पर्दैन त्यसलाई अधिकमास भनिन्छ ।

त्यस्तै कुनै चन्द्रमास भित्र दुई वटा सूर्य सक्रान्ती परेमा त्यसलाई क्षयमास भनिन्छ । अधिकमास हरेक ३२ महिना १६ दिन १ घण्टा, ३६ मिनेटपछि आउँछ भने क्षयमास घटिमा १९ वर्ष र बढिमा ४१ वर्षमा एक पटक आउने गर्दछ । बिसं २०७५ मा जेठमा मलमास परेकाले रक्षाबन्धन, सोह्रश्राद्ध, दसैँ र तिहार लगायत चाडपर्वहरू पछि सरेका छन् ।

नेपाल पञ्चाङ्ग निर्णायक समितिको स्वीकृति लिएर छापिएका पात्रोहरूका अनुसार २०७५ साल जेठमा मलमास परेको हो । विजयादशमी काित्तक २ गते परेको छ । नवरात्र भने असोज २४ गते सुरु हुने छ अर्थात् सो दिन घटस्थापना गरिने छ । फूलपाती असोज ३०, महाष्टमी ३१ र महाानवमी काित्तक १ गते पर्ने पञ्चाङ्गहरूले उल्लेख गरेका छन् ।

यस्तै तिहारको लक्ष्मीपूजा कात्तिक २१ गते बुधबार परेको छ । २२ मा गोवर्धन र गाइपूजा, २३ गते भाइटीटा परेको छ मिथिलाञ्चलवासीको महत्वपूर्ण पर्व छठ कात्तिक २७ गते परेको छ । अधिकमासलाई वर्जित भन्दा पनि अनुशासनको महिना मानिनुपर्दछ ।

यस महिना जगतमा पूज्य एवं वन्दनीय छ, यस महिना मानवता अनि पुण्यका कार्य गर्नाले पुण्य मिल्दछ । यस महिनामा श्रीमद्भागवतको सप्ताह महापुराण या कथा श्रवण गर्नु फाईदाजनक मानिन्छ । यसै समयमा नवविवाहहित जोडीहरु सँगै बस्न हुँदैन भन्ने धार्मिक मान्यता पनि रहेको छ ।

राजधानी शहर काठमाडौवाट लगभग ८ किमी दक्षिण पश्चिम भेगमा पर्ने मत्स्यनारायणको प्रस्तर मन्दिरमा मलमासमा एक महिना लामो मेला शुरु भएको छ । यहाँ मलमासको अवधिभर यस स्थानमा मेलामा हाम्रो देशका विभिन्न भागवाट हजारौं लाखौं भक्तजनहरु दर्शनार्थ आउने गर्दछन् । तसर्थ मलमास अवधिभर कीर्तिपुरबाट चार किमी दक्षिणमा पर्ने मच्छेनारायण मन्दिरमा नारायणको पूजा र पुरुषोत्तम महात्म्य वाचन गर्ने परम्परा छ । भगवान् नारायणको पूजा आराधना गर्नाले सम्पूर्ण पाप नष्ट हुन्छन् भत्रे धर्मग्रन्थमा समेत उल्लेख छ । सुनको जलप लगाएको गरुडको कलात्मक प्रवेशद्वार भएको मन्दिरमा माछाको मुखबाट प्रकट भएको एक फिट अग्लो चार हातमा शंख, चव्रm, गधा र पद्म लिएको मूर्ति छ । विष्णुले दस अवतार लिंदा सबभन्दा पहिले मत्स्य शरीर धारण गरी प्रलयकालमा समुद्रमा डुंगाको काम गरी वेदलाई सुरक्षा गरेको पुराणमा उल्लेख छ । यसै समयमा चार नारायणको दर्शन गर्ने उद्देश्य बोकेका भक्तजनले मत्स्यनारायण मन्दिरको दर्शन गर्न छुटाउँदैनन् । मलमासबाहेक नववर्षलगायत जनैपूर्णिमाको दिनमा पनि मत्स्यनारायणको दर्शन गर्ने भक्तजनको घुइँचो लाग्दछ । प्राचिन कालमा सत्यव्रत नाम गरेका राजाले नदिमा मत्स्य अवतारको सर्वप्रथम दर्शन पाएका हुन् । सानो माछाले आफ्नो रक्षार्थ विन्ती गरेपछि राजाले आफ्नो कमण्डलुमा राखेका अनि त्यस्मा उक्त माछा नअटाएको एवं रितले तलाउ अनि समुन्द्र सम्म राख्दा माछाको आकार बढ्दै गएको बताइन्छ । राजाले भगवान् विष्णुको अवतार चालपाएर मत्स्य अवतार को पूजा गरेको अनि पृथ्वी प्रलयको समयमा मत्स्य अवतारले जलमग्न पृथ्वीमा सानो नाँउमा बिउबिजन सहित सप्तर्षि अनि राजा सत्यव्रतको रक्षा गरेको कुरा उल्लेख छ । हयग्रिव नाम गरेको राक्षसले वेदहरूलाई चोरेर समुद्रमा लुकाई राखेको थियो भगवान् मत्स्यले हयग्रिवलाई मारेर वेदहरूको पनि उदार गर्नु भएको थियो ।

बृहन्नारदीय पुराणमा उल्लेख भएअनुसार अधिकमासको उत्पत्ति १२ महिनाको मयलहरु जम्मा भएर भएको देखिन्छ । तर स्वयं विष्णुले नै आफ्नो पुरुषोत्तम भन्ने नामबाट यस महिनाको नामाकरण गररेको हुनाले यतिबेला गरिएको यज्ञ, अनुष्ठान, व्रतोपवासादि कर्मबाट अनन्तगुणा बढी प्रतिफल पाइने विश्वास छ । यो पुराणमा उल्लेख अनुसार हाम्रो मयलबाट उत्पन्न भएकोले तेरो स्थान हाम्रो सरह हुनुहुँदैन भनी अन्य सबै महिनाहरुले घृणा गर्न थालेकाले एक पटक मलमास रुँदै भगवान्् विष्णुको शरणमा पुगेको थियो । उसको दुःख पुकारा सुनिसकेपछि विष्णुले यस महिनालाई घृणा होइन सबैले सम्मान गरुन् भन्ने उद्देश्यले पुरुषोत्तममासको नामाकरण गरी विशेष धार्मिक महत्व प्रदान गर्नुभएको थियो । त्यसैले त्यतिवेलादेखि हालसम्म विशेष पुण्य प्राप्तीको लागि यति बेला विभिन्न ३३ नामबाट भगवान्् विष्णुको पूजा गदै आइएको पाइन्छ । पूरा महिनाभर भगवान्् विष्णुको पूजा गरी अन्तिम दिन विष्णुको पूजा गरिएको सोही ३३ नाममा ३३ वटा मालपूआ दान गर्नाले अनन्त पुण्य मिल्ने विश्वास लिइन्छ । यो तल उल्लेखित ३३ नामको महिनाभरी नै दिनको एकपटक पूजा तथा पाठ गर्नाले धेरै पुण्य पाउने कुरा धार्मिक शास्त्रमा उल्लेख भएको पाइन्छ ।

उक्त ३३ नाम यस प्रकार उल्लेख छ । विष्णवेनमः, जिष्णवेनमः, महाविष्णवेनमः, हरयेनमः, कृष्णायनमः, अब्जनाभयनमः, केशवायनमः, माधवायनमः, रामायनमः, मधुसुदनायनमः, अच्युतायनमः, पुरुषोत्तमायनमः, गोविन्दायनमः, वामनायनमः, त्रिविक्रमायनमः, संकर्षणायनमः, श्रीकण्ठायनमः, बैकुण्ठायनमः, नारायणायनमः, अनिरुद्धायनमः, प्रद्युम्नायनमः, जनार्दनायनमः, दामोदरायनमः, श्रीपतयेनमः, वासुदेवायनमः, नृसिंहायनमः, शेषशायिनेनमः, पृश्निगर्भायनमः, उरुक्रमायनमः, श्रीधरायनमः, गोपीजनवल्लभायनमः, गोपालायनमः र गोलोकाधिपतयेनमः ।
जब चन्द्रमा अनुसार महिनाहरुको गणना हुन्छ । अनि १२ महिना मिलेर एक सौरवर्ष भन्दा झण्डै १० दिनको घटी हुन्छ र तीन–तीन वर्षमा कुनै न कुनै राशी अन्तरगत नै उसको आरम्भ एवं अन्तरगत नै उसको आरम्भ एवं अन्तमा दुई पूर्णिमा अथवा दुई अमावश्य हुन जान्छ, यस्तो अवस्थामा नेपाली पचाङ्गमा अधिकमास पुरुषोत्तम वा मलमास भनिन्छ । यसमा बुझन पर्ने कुरा के रहेको छ भने खासगरी कन १२ महिनामा मंसिर, पुस र माघ महिनामा भने पुरुषोत्तम महिना पर्दैन । यसरी अरु बाँकी ९ महिनामा मात्र पुरुषोत्तम महिना पर्दछ । यसरी अधिकमास वि.सं. २०३९ सालमा असोज र फागुन महिनामा दुईपटक परेको थियो भने त्यस्तै गरी अब आउने वि.सं.२०८५ सालको कार्तिक र चैत महिनामा पर्ने कुरा स्पष्ट छ ।

प्रतिक्रिया