‘कम्युनिष्ट एकता ठूलो अवसर हो । यो अवसरलाई सदुपयोग गरि देश बिकासमा लाग्न जरुरी छ । जनताको काम पनि नगर्ने र ठूलो कुरा मात्र गर्ने हो भने यो ठूलो कम्युनिष्ट पार्टीको अगाडी चुनौति तेर्सिने छन’
लामो समयको अन्तराल पछि दुइ ठूला कम्युनिष्ट पार्टीहरुले एकता गरेका छन । पार्टी स्थापना गर्दा पनि यहि नेपाल कम्युनिष्ट पार्टी को नाम बाट आन्दोलन अगाडी बढेको हो । कम्युनिष्टहरु एक आपसमा मिल्न नसक्नु ठूलो रोग थियो र अझै पनि छ। कम्युनिष्ट नाम धारी केहि साना पार्टीहरु पनि बेग्ला बेग्लै बसेका छन ।
कारण के हो भने पद र ब्यक्तिगत स्वार्थ । सानो घेरामा बसेर राजनीति गर्नु भन्दा ठूलो घेराको राजनीतिले मुलुक र जनताको हित गछृ । ठूलो छाति बनाएर राजनीतिमा अघि बढनु पर्छ । अनि मात्र मुलुकले निकास र बिकास पाउछ । अहिले पुष्पकमल दाहाल र के पी शर्मा ओलीले ठूलो छाति नवनाएको भए यो एकता सम्भव थिएन ।
ठूलो मिहिनेत , तपस्या र त्यागले यो नेपाल कम्युनिष्ट पार्टी बनेको हो । चुनाव लडदा पनि एउटै घोषणा पत्रमा हो चुनाव लडेको । चुनावमा जनताले यी दुई पार्टी लाई बहुमत दिए । र अहिले सरकार चलाएका छन । जनताले बिकास र समृद्धिका लागी बाम गठबनधन लाई बहुमत दिएका हुन । र अर्को कुरा चुनाव पछि पार्टी एकता गछौ भन्ने नारालाई मन पराएर जनताले बहुमत दिएका हुन । त्यो सपना अहिले आएर पुरा भएको छ ।
कम्युनिष्ट एकता ठूलो अवसर हो । यो अवसरलाई सदुपयोग गरि देश बिकासमा लाग्न जरुरी छ । जनताको काम पनि नगर्ने र ठूलो कुरा मात्र गर्ने हो भने यो ठूलो कम्युनिष्ट पार्टीको अगाडी चुनौति तेर्सिने छन । त्यो कुरामा ध्यान दिनु पर्छ । पहिलो संविधान सभा चुनावमा पनि माओवादीले बहुमत ल्याएको हो नि । खै दोस्रो संविधान सभाको चुनावमा बहुमत ल्याउन सकेको । सकेन ।
कारण के हो भने ठूलो पार्टी छौ भनेर दम्भ देखाउने काम बन्द गरौँ । दम्भको राजनीतिले कसैलाई पनि फाइदा गदैन । त्यो भूल कम्युनिष्ट पार्टीले नगरोस । नेपाली काँग्रेस पार्टी लाई हेप्ने र बहुमतको दम्भ देखाउने काम कम्युनिष्ट पार्टीले नगरुन । नेपाली कागे्रस प्रजातन्त्र र लोकतन्त्र प्रप्तिका लागी लडेको पार्टी हो । उसको पनि यो मुलुकमा लोकतन्त्र ल्याउन ठूलो योगदान छ ।
त्यसैले बिचार फरक फरक भए पनि देश बनाउने कुरामा काँग्रेस संग सल्लह सुझाव लिएर कम्युनिष्ट सरकारले काम गर्दा राम्रो हुन्छ । राजनीति भनेको घाम पानी हो । कहिले घाम लाग्छ कहिले पानी पर्छ । भनाइको तात्पर्य के हो भने राजनीतिमा को कति खेर कहा पुग्छ र कुन पार्टी कति खेर ठूलो हुन्छ भन्न सकिदैन । किन भने हरेक कुरा इतिहास बाट सिक्दै आएका छौ । इतिहासले त्यहि कुरा देखाएको छ ।
ईमान्दारी साथ भन्नु पर्छ , चुनावमा दुई पार्टी मिलेर नलडेको भए काँग्रेसको बहुमत आउथ्यो । दुई पार्टीको मिलन नै ठूलो शक्ति बन्यो । त्यसैले फुटनु भन्दा जुटनु मै जनताको बल छ । सन १९५० को दशक कम्युनिष्टका लागी उत्कर्षको समय थियो । २०१५ सालको चुनावमा कम्युनिष्ट पार्टीले चार सीट मात्र ल्याएको थियो । नेपालमा कम्युनिष्टहरु बिस्तारै मौलाउदै गए ।
संसार बाट कम्युनिष्टहरु पतन हुदै गएको अवस्थामा नेपालमा कम्युनिष्टको बहुमत हुनु दुनियाको लागी आश्र्यको बिषय हो । गत मंसिरमा सम्पन्न निर्वाचनमा एमाले र माओवादीले प्राप्त गरेको मत ४६ प्रतिशतको हारा हारीमा छ । र अरु साना कम्युनिष्टहरुको मत संख्या जोडने हो भने नेपालमा कम्युनिष्टहरु ५० प्रतिशत भन्दा बढि छ ।अहिले हाम्रो देशमा कम्युनिष्टको सरकार छ ।
कम्युनिष्टको सरकारले जनतालाई चित्त बुझाउने खालका नीति तथा कार्यक्रम छन की छैनन । त्यसले नै सबै कुराको निर्धारण गर्दछ । देश बिकास , समृद्धि र सुसासन बर्तमान सरकारका प्रमुख एजेन्डा हुन । यी एजेन्डा पुरा गदै सरकार अघि बढछ की बढदैन । जनताका आबश्यकताहरु चुलिदै गएका छन । देश र जनताका पक्षमा सरकारले के कस्तो काम गर्छ अव हेर्नु पर्ने बेला भएको छ । बिकास र समृद्धि त राता रात सम्पन्न हुने कुरा होइन । यो बिस्तारै हुने कुरा हो ।
तर सरकारले गति लिएको छ कि छैन भन्र्ने बिषयमा बुझनु पर्ने कुरा हो । कम्युनिष्टको यो एकताले देश र जनतालाई खुशि र सुखि दिन्छ की दिदैन भन्र्ने कुरा नै महत्वपूर्ण कुरा हो । अव कम्युनिष्ट पार्टीले स साना कम्युनिष्ट पार्टीहरु लाई पनि समेटेर जाने बातावरण मिलाउनु पर्छ । बिप्लव नेतृत्वको पार्टी देखि मोहन बैध , मोहन बिक्रम सिंह , लगायतका साना कम्युनिष्ट पार्टी हरु लाई पनि नेपाल कम्युनिष्ट पार्टी भित्र अटाउने खालको नीति शिद्धान्त यो कम्युनिष्ट पार्टीले बनाउन सक्छ की सक्दैन ।
अहिले नेपालको इतिहासमा सबै भन्दा ठूलो कम्युनिष्ट पार्टी बनेको छ । यो पार्टीले राम्रो काम गदै गयो भने पटक पटकको चुनाव जित्दै लामो समय सरकार चलाउने कुरा धेरैको अनुमान र बिश्लेषण छ । देश भित्र रोजगार सृजना गर्न यो सरकारले सक्छ की सक्दैन । बेराजगार युवाहरुको सम्वोधन गर्ने खालको कार्यक्रम ल्याउन सक्छ की सक्दैन । यी महत्वपूर्ण कुरामा सरकारले ध्यान दिन सक्यो भने कम्युनिष्ट पार्टीको भविश्य राम्रो हुने छ । देशका जनताले खोज्ने भनेको बिकास समृद्धि र रोजगार नै हो ।
गाँस बाँस कपास महत्वपूर्ण चिज हुन । सरकार यी कुराको काममा बिशेष ध्यान दिनु पर्छ । जनताले सरकार बाट धेरै कुराको अपेक्षा गरेका हुन्छन । तर सरकारले ति जनताका अपेक्षा हरु पुरा गर्ने तिर खासै ध्यान दिदैनन भने चुनावको माध्यम बाट बिकल्प रोज्ने गरेका छन । नेपालको राजनीति सन्दर्भमा पनि त्यस्तै नै भएको छ । अहिले नेपालमा कम्युनिष्ट पार्टीको बलियो सरकार छ । यो सरकार भनेको स्थिर सरकार हो । बिगतमा जस्तै चाहेर पनि कुनै शक्तिले यो सरकार ढाल्न सक्दैनन ।
यो बर्तमान सरकारले पनि काम गर्न नसकेर अरुलाई दाष दिने ठाउ छैन । अव आफै काम गर्न नसके आफै सिद्धिने हो । अव बिरोधिहरुले सिद्धाउन सक्दैनन । पाँच बर्ष सम्म जनताको चित्त बुझने खालको काम भयो भने अर्को चुनावमा पनि कम्युनिष्टको नै सरकार बन्र्ने सम्भावना बलियो छ । कुरा मात्र गर्ने काम नगर्ने हो भने भन्न सकिदैन । अब कम्युनिष्ट पार्टीका नेता कार्यकर्ता इमान्दारी हुन जरुरी छ ।
ब्यक्तिगत सम्पतिमा लोभ नगर्ने हुनु पर्छ । कम्युनिष्टहरु ब्यक्तिगत स्वार्थ पूर्ति र सम्पतिको लोभ गर्ने हुनु हुदैन ।त्यसो भयो भने मात्र यो सरकार बाट आश गर्न सकिन्छ । नेता देखि कार्यकर्ताहरु सुध्रने कोसिस गर्नु पर्छ । देश बनाउने महान अभियानले दुई पार्टी मिलेर ठूलो कम्युनिष्ट पार्टी बनाउनुको उद्देश्य हो भने अव प्रचण्ड र ओलीले सोच्नु पर्छ । अरु देशको तुलनामा हामी धेरै पछाडी छौ ।
देशको उन्नति प्रगति गर्नका लागी देशका युवाहरुलाई उत्पादन सँग जोडेर जाउ । त्यसो भयो भने देश बन्न सक्छ । भारत र चीनलाई सन्तुलित कूटनीतिक गरेर राखौं । दुइ देश बाट फाइदा लिएर नेपालले प्रगति उन्नति गर्नु परेको छ ।कम्युनिष्ट सरकार लाई बिदेशि शक्तिहरुले साथ सहयोग के गर्छन त्यो भने हेर्न नै बाँकी छ । दुनिया बाट कम्युनिष्टहरु समाप्त भएको बेला नेपालमा कम्युनिष्टको बर्चश्व हुदै जानु बिदेशि शक्ति केन्द्रको लागी टाउको दुखाई पनि हो ।
नेपालका कम्युनिष्टहरुले बिदेशि शक्ति केन्द्रहरु लाई कस्तो किसिमले प्रभावमा पार्न सक्छन त्यसमा पनि निर्भर हुने कुरा हो । नेपालमा कम्युनिष्टहरु घटदो होइन बढदो छ । दुई ठूला कम्युनिष्ट पार्टीहरुको मिलनले अरु स साना कम्युनिष्ट पार्टीहरु लाई पनि मिल्न पर्ने बाध्यता बनाएको छ । स-साना कम्युनिष्ट पार्टी हरु पनि मिलेर एउटै कम्युनिष्ट पार्टी बनाउने छलफल र बहसमा केन्द्रित छन । तर खासै निष्कर्षमा पुग्न भने सकेका छैनन ।
प्रतिक्रिया