भेटघाट मिलाउन ट्रम्पका वकिलले घुस लिएको खुलासा

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पका निजी वकिल माइकल कोहेनले युक्रेनी राष्ट्रपति पेट्रो पोरोशेन्को र राष्ट्रपति ट्रम्पबीचको भेटघाट मिलाउन चार लाख डलर घुस लिएको बीबीसीले जनाएको छ ।

ट्रम्प र पोरोशेन्कोको जुनमा ह्वाइट हाउसमा भएको उक्त भेटवार्ता मिलाउने काममा संलग्न किएभस्थित निकटस्थहरूले यस्तो खुलासा गरेका हुन्।

युक्रेनी नेता पेट्रो पोरोसेन्कोको मध्यस्तकर्ताहरूको भूमिका खेलेका व्यक्तिहरूले उक्त रकमको व्यवस्थापन गरेका थिए। तर अमेरिकी कानूनले आवश्यक ठानेको युक्रेनी सरकारको प्रतिनिधिको भूमिकामा त्यस्तो गतिविधि हुँदा कोहेन थिएनन्।

राष्ट्रपति पेरोसेन्कोको कार्यालयले भने आरोपको खण्डन गर्दे उक्त कुरा झूट भएको र दुई देशबीचको सम्बन्ध विगार्ने उद्देश्य अन्तर्गत उक्त आरोप लगाइएको जनाएको छ।

प्रतिक्रिया