किमसँगको बैठक सर्ने सम्भावनाः ट्रम्प

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले उत्तर कोरियाली नेता किम जङ अनबीच जुन १२ तारिखमा तय भएको शिखर बैठक निर्धारित मितिमा हुनेमा आशंका व्यक्त गरेका छन्।

यसअघि ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच १२ जुनमा सिंगापुरमा भेटवार्ता गर्ने तय भएको थियो । तर एकपक्षीय रुपमा निःशस्त्रीकरण गर्न शर्त राखिएको भन्दै उत्तर कोरियाले वार्तामा बस्न असन्तुष्टि जनाउँदै आइरहेको छ । अन्यौलताको बीचमा ट्रम्पले उत्तर कोरियाले शर्तहरु पूरा नगरे अर्को महिना हुने भनिएको शिखर वार्ता नहुने बताएका हुन् ।

तथापि, अमेरिका र उत्तरकोरियाको द्वन्द्व मिलाउन मध्यस्थकर्ताको भूमिकामा देखिएका दक्षिण कोरियाली राष्ट्रपति मुन जे–इन प्रयासरत रहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले बताएका छन् ।

बीबीसीका अनुसार, मुनले यही मामलामा ट्रम्पलाई भेटेका छन् । यो भेटका क्रममा शिखर बैठकका छलफलका एजेएजेण्डा तय हुने अनुमान गरिएको छ ।

प्रतिक्रिया