यौन अंगमा ताला !


इन्दाैर । संसार विश्वासमा नै चलेको हुन्छ । अर्थात विश्वास नै संसारको जग हो । यदि विश्वासमा नै संकट उत्पन्न भयो भने कसैको केही पनि लाग्दैन । त्यहाँमाथि पनि सबैभन्दा बढी विश्वास पतिपत्नीमा हुनुपर्छ । पतिपत्नीमा पनि शंका हुन थाल्यो भने त्यो परिवार कसरी अगाडि बढ्ला ?

यस्तै यहाँ एक ४५ वर्षीय पतिले आफ्नी जीवनसाथीको चरित्रमाथि शंका गरेर यौनांगमा ताला लगाएको कुरा बाहिर आएको छ । विष पिएर अस्पताल गएपछि उक्त रहस्य बाहिर आएको थियो ।सन् २०१३ जनवरीमा भारतको इन्दौर राज्यमा यो घटना भएको थियो । पत्नीलाई उनको योनांगमा लगाएको तालाको बारेमा अदालतमा सोधपुछ गर्दा उनले सुरुमा दिएको वयान फेरेकी थिइन् । जसले गर्दा अदालतलाई झट्का लागेको थियो ।

न्यायाधीश अवनिद्रकुमार सिंहको इजलासमा उनले आफ्नो वयान फेरेकी थिइन् । यहाँसम्मकी उनले पुलिसलाई दिएको वयानसमेत फेरिन् । यहाँसम्मकी उनले सिआरपिसीको धारा १६४ अनुसार अदालतमा जाहेरी दिएको कुरा पनि होइन भनिन् । त्यसपछि अदालतले उनलाई वयान फेर्ने महिलाको रूपमा राख्यो ।  ती महिलाले भनिन्, ‘मलाई केही पनि थाहा छैन मैले पुलिसलाई के वयान दिएको थिएँ । किनकि त्यतिखेर म अस्पतालमा भर्ना भएकी थिएँ । होसमा आउँदा पुलिसमा कुनै वयान दिएको थिएँ वा थिइनँ भन्ने नै थाहा भएन ।’

उनले भनिन्, ‘मैले अदालतलाई पनि केही त्यस्तो वयान दिएको छैन कि मेरो पतिले मलाई शंकाको भरमा मेरो गुप्तांगमा ताला लगाएका थिए ।’ उनले थपिन्, ‘मैले अदालतलाई यो पनि बताएकी छैन कि मेरो पति जब काममा जान्छन्, त्यतिवेला मेरो योनांगमा ताला लगाउँछन् र आएपछि खोलिदिन्छन् ।’  पाँच बच्चाकी आमाले अदालतलाई बताएकी थिइन् कि उनका ४५ वर्षीय पति एक ग्यारेजमा काम गर्दथे । सामान्य कुरामा पनि विवाद झिकेर झगडा गर्नुका साथै मारपिट पनि गर्थे ।

तर, आफ्ना ससाना बच्चाको हेरविचारको चिन्ताको बारेमा भने उनले आफ्नो पतिको बारेमा कुनै सिकायत गरेकी छैन । यदि पुलिसले आफ्नो तर्फबाट गरेको अनुसन्धानलाई आधार मान्ने हो भने उक्त महिलाले आफ्नो पतिबाट धेरै क्रुरता झेलेकी थिइन् । उक्त रिपोर्टअनुसार महिलाले १६ जुलाई २०१२ मा मुसा मार्ने विष पिएर आत्महत्या गर्ने कोसिससमेत गरेकी थिइन् । तर, महिलाले यस आत्महत्याको बारेमा पनि अदालतसमक्ष आफूले यस्तो कार्य नगरेको भनेर ठाडै अस्वीकार गरेकी थिइन् ।

उनले भनिन् कि पैसा निकालेको सामान्य निहुँमा पतिसँग विवाद भएको थियो र रिसको झोकमा आएर विष पिएको बताइन् । यसरी महिलाले आफ्नो पुरानो वयान फेरेको देखेर अदालत पनि वादीको आग्रहअनुसार उसलाई वयान फेर्ने महिला भनेर घोषित गर्न अनुमति दिएको थियो । तर, सहरको शासकीय महाराजा यशवन्तराम अस्पताल (एमवाइएच) कि एक स्त्री रोग विशेषज्ञले दिएको वयानले वादीपक्षलाई बल मिलेको थियो ।

एमवाइएच कि डा. विभा मौजेसले अदालतलाई दिएको वयानअनुसार उनले सन् २०१२ को १६ जुलाईमा यस महिलाको उपचार गरेकी थिइन् । उपचारको क्रममा योनांगमा पिसाबको नली लगाउने बेलामा डा. विभाले गुप्तांगमा ताला लगाएको भेटेकी थिइन् ।  डा. विभाले जब यस्तो ताला देखिन् त्यसपछि उनीसँग सबै जानकारी लिएकी थिइन् । जानकारीको क्रममा उसको पतिले चार वर्ष पहिला उसलाई गाँजा खुवाएर बेहोस पारेका थिए ।

त्यसैवेला स्क्रु ड्राइभरको सहायताले गुप्तांगमा प्वाल पारेर ताला लगाएका थिए । पुलिसको रोहबरमा उनको गुप्तांगमा लगाएको ताला खोलिएको थियो ।  अहिले महिलाको पति न्यायिक हिरासतमा क्रममा पुलिसको कस्टडीमा छन् । उनलाई भारतको दण्ड विधान (आइपिसी) को धारा ४९८ ‘क’ (पत्नीमाथि पतिको क्रुरता), धारा ३२६ (खतरनाक हतियारबाट चोट पु¥याउनु) तथा धारा ३४४ (बन्धक बनाएर राख्नु) अनुसार मुद्दा चलिराखेको छ ।

प्रतिक्रिया