विश्वका भएका अनौठा सेक्स कानुन

कानुन चाहे राम्रो होस् वा नराम्रो, एकचोटी लागू भएपछि त्यसलाई सबैले मान्नुपर्ने हुन्छ । त्यसैले सबै देशले आफ्नो देशको रितिस्थितिअनुसार विभिन्न कानुन निर्माण गरेका हुन्छन् । यस्ता कानुन देशअनुसार फरक फरक छन् । विश्वमा यस्तै सेक्सको विषयमा बनाएका कानुन पनि देशअनुसार फरक फरक देखिएको छ । जसलाई त्यस देशका नागरिकले मान्नुपर्ने हुन्छ । यस्ता सेक्स कुनै देशको अवस्था हेरेर राम्रो देखिएता पनि कुनै कानुन सुन्दा अचम्म मात्रै होइन हाँसो नै रोक्न नसक्ने खालका छन् । यहाँ यस्तै सेक्स कानुनको बारेमा चर्चा गरिएको छ ।

१. कोलम्बियाको सेक्स कानुन
विश्वका अनौठो सेक्स कानुनमध्ये कोलम्बियाको पनि पर्दछ । यहाँको ‘काली’ नामको क्षेत्रमा सुरुमा नवदम्पत्तिले विवाहपछिको पहिलो रातमा केटीको आमाको सामुन्नेमा सेक्स गर्नुपर्ने कानुन छ । सुन्दा अनौठो लागे पनि यो साँचो हो । आमाको अगाडि सेक्स गर्दा लाज लागे पनि यो कानुनलाई तोड्ने हिम्मत कसैले गर्न सकेका छैनन् । यति मात्र होइन यस देशमा कोही महिला शारीरिक सम्बन्धको समयमा परम उत्तेजना भएको बेलामा कसैले पनि बन्दुक चलाउन पाउँदैन ।

२. अमेरिकाको सेक्स कानुन
अमेरिकाको वेस्टर्न पेसिफिक ओसियनको गुआम इलाकामा कुनै पनि कुमारी केटीको विवाह हुँदैन । यदि विवाह गर्ने हो भने केटीले आफ्नो कौमार्य भंग गर्नुपर्ने हुन्छ । यसलाई यसरी व्याख्या गरिएको छ कि यदि कुनै पनि युवती आफ्नो लोग्नेसँग शारीरिक सम्बन्ध बनाउँदा उसलाई यसबारेमा सबै ज्ञान हुनु जरुरी ठानिएको छ । युवतीलाई यससम्बन्धी ज्ञान दिनका लागि कानुनीरूपमा नै केही पुरुष घरघरमा डुल्दछन् र कानुनअनुसार वालिग भएका युवतीलाई यससम्बन्धी ज्ञान दिन्छन् । यसरी सिकाएवापत युवतीले त्यस्ता पुरुषलाई मोटो रकम गुरुदक्षिणाको रूपमा दिने पनि गरिएको छ । त्यस्तै वासिंगटनको एक राज्यमा भने कुनै पनि हालतमा कुमारी केटीका साथ सेक्स गर्न पाइँदैन । यसलाई त्यस राज्यमा कडा अपराधमा गनिन्छ । अचम्म यो छ कि विवाहपश्चात् मनाइने सुहागरातमा पनि केटी कुमारी हुनुहुँदैन । अब आपैmँ सोच्नुहोस् कि कसरी यहाँ केटीको कौमार्यता भंग हुन्छ । जब कौमार्यता भंग हुन्छ अनिमात्र उसले शारीरिक सम्बन्ध बनाउनका लागि कानुनी अधिकार प्राप्त हुन्छ ।

३. इन्डोेनेसियाको सेक्स कानुन
उमेर पुगेका पुरुषहरू आफ्नो यौन चाहना पूरा गर्नलाई हस्तमैथुन गर्ने कुरा प्रायः सबैलाई थाहा भएकै कुरा हो । जहाँसम्म हस्तमैथुनको कुरा आउँछ एक किसिमले भन्ने हो राम्रो पनि मानिन्छ । यसबाट स्वास्थ्यलाई केही हानि नोक्सानी हुन सक्छ । तर यसबाट भने सामाजिक अपराध कम हुनलाई मद्दत पुग्न सक्छ । तर इन्डोनेसियाको कुरा गर्ने हो भने हस्तमैथुनलाई कानुनी अपराध मानिएको छ । यदि कसैले यो अपराध गरेको पुष्टि भएमा त्यहाँको कानुनले उक्त व्यक्तिको शिर काट्नसमेत सक्नेछ ।

४. बहराइनको कानुन

बिरामी चाहे महिला होस् या पुरुष । आवश्यक परेमा डाक्टरलाई बिरामीको सबै अंग जाँच गर्ने अधिकार हुन्छ । तर बहराइनमा महिलालाई छुट्टै कानुनको निर्माण भएको छ । यहाँ कुनै पनि महिलाको अंग पुरुष डाक्टरले सोभैm हेर्न पाउँदैनन् । यदि हेर्नैपर्ने बाध्यता परेको खण्डमा बीचमा सिसाको पर्दा हुनु अनिवार्य छ । शिसाबाट मात्रै पुरुष डाक्टरले महिलाको अंग हेर्न पाउँछन् । यतिसम्म कि, कुनै पनि डाक्टरले आफ्नै पत्नीलाई पनि क्लिनिकमा जाँच गर्नुपरेमा उक्त कानुनको पालना अवस्य गर्नुपर्ने हुन्छ ।

५. भारतका कानुन
विश्वमा भारतलाई एक ठूलो लोकतान्त्रिक देश मानिन्छ, तर यहाँ पनि सेक्ससम्बन्धी केही कानुनको निर्माण भएको छ । यहाँको कानुनअनुसार कोही पनि मानिस सेक्ससम्बन्धी खेलौना राख्न पाउँदैन । विवाहपश्चात् पनि आफ्नै पत्नीलाई जबरजस्ती गरेमा बलात्कार गरेको मानिँदैन । यदि जबरजस्ती गरेको उजुर परेमा यहाँको कानुनले जबरजस्ती सम्बन्ध बनाएको मुद्दा चल्न सक्छ भने बलात्कारको केस लाग्न सक्दैन ।

६. हङकङका सेक्स कानुन
विश्वमा प्रत्येक देशको आ–आफ्नै कानुन रहेको हुन्छ । कुनै देशले मृत्युदण्डको कानुन बनाएका छन् भने कसैले जन्मकैदको । यस्तै हङकङका पनि अचम्मको मृत्युदण्डको कानुन रहेको छ । यदि यहाँ कुनै पतिले पत्नीलाई धोका दिएर दोस्रो विवाह गर्छ भने यसलाई बदला लिने अधिकार उसकी पत्नीलाई दिएको छ । यसको बदलामा उसले आफ्नो पतिलाई मार्नसमेत सक्ने कानुनमा उल्लेख छ । तर, यसरी मार्दा भने पत्नीले कुनै पनि औजारको प्रयोग भने गर्न पाइँदैन ।

प्रतिक्रिया