सुर्य विरहिको ‘टालाटुली बटुली’ चर्चामा (भिडियाेसहित)

काठमाडौं, २८ माघ । पछिल्लो समयमा चर्चामा रहेका गायक सूर्यबिरही साउँद र रश्मी रिजालको स्वरमा रहेको ‘टालाटुली बाटुली नाच मेरी पुतली’ बोलको फरक शैलीको म्युजिक भिडियो चर्चामा रहेको छ ।

‘टालाटुली बाटुली नाच मेरी पुतली’ बोलको गीत सुदूर तथा मध्यपश्चिमको थेगोलाई समावेश गरि पहिलो पटक तयार पारिएको फरक शैलीको डेउडा फ्यूजन डान्सिङ गीत भएको गायक सूर्य विरहिले बताए ।

सुदूर तथा मध्यपश्चिमका बालबालिकाहरु बालपनका बेला दौतरीहरुसँग कपडाका सानासाना टालाटुली बटुलेर पुतली बनाई रमाईलो गरी खेल खेल्ने चलन छ सोहि परिवेसमा आधारित भिडियो निर्माण गरिएको छ ।

काठमाडौंको त्रिभुवन पार्क र भद्रकालीमा छाँयांकन गरिएको सो म्युजिक भिडियो बसिबियालो म्युजिक प्रालि अनामनगर काठमाडौंले बजारमा प्रवद्धृन गरेको छ ।

बिक्रम चौहानको निर्देशनमा ‘टालाटुली बाटुली नाच मेरी पुतली’ म्युजिक भिडियोमा शेर साउँद, करिश्मा ढकाल र करन साउँदले अभिनय रहेको छ ।

त्यस्तै, बि स्टार फिल्मस कम्पनीले तयार पारेको म्युजिक भिडियोको छाँयांकन प्रकाश खड्का र मिलन बिकको सम्पादन रहेको छ ।

सूर्यबिरही साउँद,तिलक ओली र योगेश बुढाको रचना रहेको गीतमा संगीत सूर्यबिरही साउँदको रहेको छ, भने संगीत संयोजन बिनोद बाजुरालीले गरेका हुन् ।

सूर्य बिरही साउँदले यस अघि ‘सुदूरको चेलो म त’, ‘म त भैसी गोठालो’, ‘बाध्यताले पठाउन लाग्यो परदेश’, ‘नरो मेरी सुवाँ’, ‘प्रिति फूल सारी दे’, ‘बिन्ति शैलेश्वरी’, ‘बनमारा बनैभरी छ’, ‘तेरो मेरो माया बबाली’, ‘जन्मभुमिको माया’, ‘यो लोटाउनो रांगो’, लगायतका दर्जनौ चर्चित गीत बजारमा ल्याई सकेका छन् ।

प्रतिक्रिया