प्रदेश नं ५ को निर्वाचन तयारी पूरा

दाङ, २३ माघ । राष्ट्रियसभा सदस्यका लागि ५ नं प्रदेशबाट बुधबार दाङमा हुने निर्वाचनको तयारी पूरा भएको छ । मुख्य निर्वाचन अधिकृत हेमन्त रावलका अनुसार घोराहीमा रहेको कर्मचारी मिलन केन्द्रलाई मतदानस्थल तोकिएको छ ।

त्यहाँ दुई वटा मतदान केन्द राखिएका छन् । एउटा मतदान केन्द्रमा प्रदेशसभा सांसदले मतदान गर्ने र अर्को मतदान केन्द्रमा स्थानीय तहका प्रमुख र उपप्रमुखले मतदान गर्ने व्यवस्था मिलाइएको छ ।

जिल्लामा आवश्यक मतपत्र पनि आइसकेको र सुरक्षा व्यवस्थालगायत सबै तयारी पूरा भइसकेको मुख्य निर्वाचन अधिकृत रावलले जानकारी दिए ।

प्रदेश नं ५मा ३०५ मतदाता छन् । यस प्रदेशबाट आठ सदस्य निर्वाचित हुने र यसअघि तीनजना महिला निर्विरोध निर्वाचित भइसकेका कारण अब पाँचजना निर्वाचित हुन बाँकी छ । पाँचजनाका लागि अहिले आठजना चुनावी प्रतिस्पर्धामा छन् ।

प्रतिक्रिया