थुनुवा सूची गायब पारी छाडियो बलात्कारी

होटल ल्यान्डमार्क सामूहिक बलात्कारको नालीबेली

शान्तिराम कार्की
काठमाडौं । दरबारमार्ग प्रहरीले कमलादीस्थित होटल ल्यान्डमार्कमा सामूहिक बलात्कारको सिकार बनेकी युवतीको उजुरीसहित थुनुवाको सूची नै गायब पारेर अभियुक्त भगाइएको तथ्य फेला परेको छ । प्रहरीको अनुसन्धान टोलीले प्रहरी नायब उपरीक्षक (डिएसपी) तिलक भारती, प्रहरी निरीक्षक (इन्स्पेक्टर) लक्ष्मणसिंह ठकुरी र प्रहरी नायब निरीक्षक (सई) चन्द्र भण्डारीले थुनुवाको सूची नै गायब पारी बलात्कारी युवकलाई छाडेको तथ्य फेला परेको हो ।

अनुसन्धानबाट खुलेको तथ्यअनुसार गत ७ माघमा रामेछापका शैलेश कार्की एक युवती लिएर लाजिम्पाटस्थित एक होटलमा पुगे । त्यहाँ मःमः, चाउमिनसहित दुवैले वाइन पिए । शैलेसको नियत ठीक थिएन, उनले युवती बाथरुम गएको मौकाछोपी लठ्ठिने औषधि मिसाइदिए । दुई गिलास वाइन लिएपछि युवती लठ्ठिइन् । युवती नर्मल अवस्थामा नदेखिएपछि उनलाई लिएर शैलेस साढे ९ बजेतिर कमलादीस्थित होटल ल्यान्डमार्क पुगे । सुरुमै कोठाको पैसा तिरेर उनीहरू कोठातिर लागे । कोठामा पुगे लगत्तै शैलेसले ती युवतीको कपडा आपैmँले खोलिदिए । अर्ध चेतनामा रहेकी युवतीले उनलाई सहमतिमै शारीरिक सम्पर्क राख्न दिइन् । शैलेशसँगको सम्पर्कपछि उनी होसमा रहिनन् ।

एकैपटक राती दुई बजे युवतीको आँखा खुल्यो । टाउको दुखिरहेको थियो, उनले बल गरेर उठाइ, आफूसँगै नांगो अवस्थामा रहेको युवकतिर अनुहार हेरिन् तर ती युवक शैलेश थिएनन् । वाइनसँग मिसाएको औषधिको प्रभावले उनी उठेर हिँडन सक्ने अवस्थामा थिइनन् । उनले हात चलाइन्, आफूसँगै रहेको ती युवा अर्काेतिर फर्के । फेरि आपैmँतिर फर्केर चलाउन थाले । केहीबेरपछि युवती लठ्ठिइन् । उनको आँखा एकैपटक बिहान चार बजे खुल्यो । त्यो दृष्यपछि भने उनी निकै तनावमा परिन् ।

त्यसवेला आफूसँग रहेको युवक फेरि अर्कै थियो । उनी चिच्याइन्, उठेर भाग्न खोजिन् तर समातेर बाहिर निस्कन नदिई कोठामै थुनियो । पुनः अर्काे युवक प्रवेश गरेर बलात्कार ग¥यो । साथीसँग खाजा खान गएर दुई गिलास वाइन पिउँदा चुकाउनुपरेको मूल्य सम्झँदै उनी रोइरहिन्, युवकले बलात्कार गरिरह्यो । एकैपटक बिहान ६ बजेतिर ट्याक्सी बोलाएर घरमा छाडिदिन भन्दै शैलेशले पैसा दियो । उनीहरू पनि होटलबाट हिँडे ।

ट्याक्सीमा चढेपछि युवतीले घर नभई कमलपोखरी प्रहरीमा लैजान आग्रह गरिन् । ट्याक्सीले उनको आग्रह स्वीकार गर्दै कमलपोखरीस्थित प्रहरी कार्यालयमा पु¥याइदियो । उनले घटनाबारे सविस्तार बताइन् । ती युवतीलाई होटेलको नामसमेत थाह थिएन । प्रहरी उनीसँगै गयो । ल्यान्डमार्क होटल पुगेपछि आफ्नो एरियामा नपर्ने भन्दै दरबारमार्ग प्रहरीमा पु¥यायो ।

लगत्तै दरबारमार्गको टोली होटल ल्यान्डमार्कस्थित युवती बलात्कृत भएको कोठामा पुग्यो, निरीक्षण गर्दा तीन÷चार ओटा कन्डम फेला पा¥यो । घटनास्थल निरीक्षणपछि युवतीलाई लिएर प्रहरी टोली दरबारमार्ग फर्कियो । युवतीको स्वास्थ्य परीक्षण गर्न दरबारमार्ग प्रहरीले थापाथलीस्थित प्रसूति गृह पठायो । अभियुक्त पक्राउका लागि युवतीबाट जाहेरी पनि लियो । उनले शैलेससहित चार जनाको नाम भनिन् । यसबीचमा छोरी बलात्कृत भएको जानकारी उनको बाबुलाई भयो ।

उनी छोरीसहित दरबारमार्ग प्रहरी पुगे अभियुक्त फक्राउ गराउन । प्रहरीले कतै बोलाउन भन्यो । युवतीले फोन गरिन्, बाबुले कुरा गर्दै भने, ‘बाबु तिमीले जे ग¥यौँ, छोरीले सबै भनिन्, आऊ तिमीसँगै विवाह गराइदिन्छु ।’ केटाले काठमाडौं मलमा छोरीसँग भेट्ने बतायो । छोरीलाई पहिला पठाएर बाबुसहित प्रहरीले फलो ग¥यो । नभेटेपछि युवतीलाई फोन गरे, उनले उठाइनन् । बाबु र प्रहरी फर्कियो । दुई घण्टापछि आफू कोठामा आइपुगेको भन्दै युवतीले बाबुलाई फोन गरिन् । उनले बाबुलाई भनिन्, म त्यही केटासँग विवाह गर्छु, स्वेच्छाले सेक्स गरेको हो, धेरै पहिलादेखि हामीबीच यस्तो काम हुँदै आएको थियो । छोरीको यस्तो कुरा सुनेपछि बाबुले जसरी पनि अपराधी समात्ने योजना बनाए । उसले भोलिपल्ट ९ माघमै केटालाई फोन गरेर छोरी तयार भएको भन्दै भेट्नका लागि महाराजगञ्ज बोलायो ।

बलात्कारी शैलेश भेट्न आयो, उसले समातेर दरबारमार्ग प्रहरीलाई बुझाइदियो । छोरीमाथि बलात्कार गर्ने युवक समातेर बुझाएपछि बाबु ललितपुरस्थित कोठामा फर्कियो । अब कारबाही हुन्छ भन्नेमा ढुक्क भयो । प्रहरीले रातभर शैलेशसहित उनका साथीसँग पैसाको डिल ग¥यो । जसरी पनि मिलापत्र गराएर पठाउने बतायो । यो डिल इन्स्पेक्टर ठकुरी र सई भण्डारीले गरे, जसलाई प्रत्यक्ष निर्देशन डिएसपी भारतीले दिएका थिए । १० माघको बिहानै छोरी लिएर बाबु दरबारमार्ग पुगे । जोहरी ८ माघमै लेखिएको फाइल हेर्दै केटाको स्वास्थ्य परीक्षण गर्न पठाइयो । अस्पतालबाट ल्याएपछि दुवै पक्षबीच कुराकानी भयो । युवतीले धेरै पहिलादेखि नै शारीरिक सम्पर्क रहेको र बिहे गर्ने बताएपछि दरबारमार्ग प्रहरीले मुद्दा नचलाई मिलापत्र भयो भन्दै अभियुक्त छाडिदियो । तर, दरबारमार्ग प्रहरीमा अहिले युवतीले दिएको जाहेरी नै छैन । मिलापत्र गराएको कागजात पनि छैन । ती सबै कागजातसहित दरबारमार्ग प्रहरीले ९ माघको थुनुवा सूची नै गायब बनायो ।

सामूहिक बलात्कार गर्ने तीन युवकलाई जोगाउन दरबारमार्ग प्रहरीले आर्थिक लेनदेन गरी युवतीको जाहेरी र ९ माघको थुनुवा सूची गायब बनाएको हो । ‘बलात्कारी युवकलाई मेडिकल पठाउँदा गाइँगुइँ भएपछि फस्न सकिन्छ भन्दै डिएसपी भारती, इन्स्पेक्टर ठकुरी र सई भण्डारीले ९ माघको थुनुवा सूची र युवतीको जाहेरी गायब बनाएका हुन् । प्रहरीमा थुनुवा सूची गायब पार्ने कामलाई जघन्य अपराध मानिन्छ । युवतीलाई जसरी पनि मिलाउने जिम्मा लिएपछि कार्यालय प्रमुख भारती, इन्सपेक्टर ठकुरी र मुद्दा फाँटका सई भण्डारी मिलेर यी सबै अपराध गरेका हुन् ।

बलात्कारीलाई छाडेपछि अहिले महानगरीय प्रहरी परिसर काठमाडौं र महानगरीय आयुक्तको कार्यालयले छट्टाछुट्टै टोली बनाएर छानबिन अघि बढाएको छ । छानबिनको क्रममा सई भण्डारी निलम्बनमा परेका छन् भने इन्स्पेक्टर ठकुरीलाई निलम्बनको सिफारिस गरिएको छ । डिएसपी भारती भने काठमाडौं परिसर तानिएका छन् ।

 

प्रतिक्रिया