अनौठो उपचार . . .


एजेन्सी
बेइजिङ । विश्वमा विभिन्न रोगबाट बच्नका लागि धेरै किसिमका चिकित्सापद्दतिको विकास भइरहेको पाइन्छ । अझ पनि चिकित्सा क्षेत्रमा नयाँनयाँ प्रविधिको विकासका लागि वैज्ञानिक÷डाक्टरहरू लागिपरेका छन् ।

यस्तै नयाँ प्रविधि अपनाएर चीनमा जुन उपचार हालसालै गरिएको छ, त्यो विश्वमा अहिले चर्चामा छ । चीनका डाक्टरले एक महिलाको जन्मँदै आएको दाग ९बर्थमार्क० बाट मुक्ति दिलाउनका लागि अनौठो तरिका निकालेका छन् । चीनकी साओ यानको अनुहारमा जन्मँदै कालो दाग थियो । त्यसलाई हटाउनका लागि डाक्टरहरूले यो विधि अपनाएका हुन् ।

डाक्टरको भनाइअनुसार यो दागले पछि गएर क्यान्सरको रूप लिन सक्ने भएकाले यसको उपचार जरुरी थियो । त्यसैले, क्यान्सर नहोस् भन्नका लागि डाक्टरहरूले साओको अनुहारको छालाभित्र चार ओटा बेलुन राखेका छन् ।

रोग के थियो ?
चीनको ग्वेजो प्रान्तमा घर भएकी २३ वर्षीया साओलाई ‘कन्जेनिटल मिलानोसिटिक निवस’ नामक रोग लागेको थियो । यो रोग पाँच लाख मानिसमा एकजनामा मात्र देखा पर्दछ । साओको अनुहारमा राखिएको यो बेलुन केही महिनाको लागि मात्र हो । जसले गर्दा उनलाई क्यान्सरजस्तो रोग लाग्नबाट जोगाउन मद्दत गर्दछ । गएको मार्च महिनादेखि उनको बर्थमार्कमा धेरै नै दुःखाइ हुन थालेको थियो । पछि गएर यहाँबाट क्यान्सरका कोषहरूको वृद्धि नहोऊन् भनेर नै डाक्टरहरूले यस्तो उपचार सुरु गरेका हुन् ।

कसैले पनि उपहास नगरून्
साओको यो अवस्थाको बारेमा कसैले पनि उनको उपहास नगरून् भनेर उनकी आमाले भनेकी छन् । साओ भन्छिन्, ‘मेरो जन्मँदै आएको जुन दाग थियो, यसको साथ अगाडि जीवन बिताउने विचार गरिसकेको थिएँ, तर आपूm अरूभन्दा फरक भएको महसुस भएपछि मैले उपचारको सुरुआत गरेकी हुँ ।’

प्रतिक्रिया