अर्कैले सुहागरात मनाएपछि…

कम्बाेडिया । -विवाहको पहिलो रात अर्थात् सुहागरात । नवजोडीले यो रातलाई जीवनभर याद रहनका लागि अनेकौँ सपना साँचेका हुन्छन् । त्यसमाथि पनि दम्पत्तिको नयाँ जिन्दगीको सुरुआत हुने दिन । अर्काेतर्फ, शारीरिक सम्बन्धले पनि यो रातलाई अझ सम्झन लायक बनाउँछ । यो रात शारीरिक साथसाथै मानसिक तथा आत्मिक मिलन पनि हुने दिन हो । यस अवसरमा अञ्जान व्यक्तिबीच शारीरिकभन्दा पनि आत्माको मिलन बढी हुन्छ । दुवैजनाले भावी जीवनको रेखा कोर्दै आफू आफूमा लीन हुन पुग्दछन् । यो दिन नवविवाहित दुलही सिंगारिएको पलङमा घुम्टोभित्र लजालु नयनले आफ्ना दुलाहाको प्रतीक्षा गर्छिन् ।

जब बिहान उज्यालो हुँदा आफ्नो दुलाहाभन्दा अर्कैले सुहागरात मनाएर सँगै सुतेको देखेमा त्यो महिलालाई कस्तो होला ? यस्तै भएको छ, कम्बोडियाकी एक १८ वर्षीया नवदुलहीलाई ।  कम्बोडियामा नवदुलहीले आफ्नै पति सम्झेर सुहागरात मनाउन पुगेकी छन् । विवाहको दिन उनी शयनकक्षमा आफ्नो पतिको पतीक्षा गरिरहेकी थिइन् । नवदुलाहा भने अध्याधिक रक्सीको सेवनले आफ्नो होस नै गुमाएर मस्त भएका थिए । यसैको फाइदा उठाएर विवाहमा आएका छैन चांसेङ नामक एक व्यक्ति दुलहीको कोठामा छिरे । त्यस समय दुलहीको कोठा अँध्यारो थियो । यही अँध्यारोको फाइदा उठाएर उसले सुहागरात मनायो ।

दुलहीले पनि दुलाहा नै होला भनेर साथ दिइन् । जब बिहान भयो त्यसवेला दुलहीले पतिको ठाउँमा चांसेङलाई देखिन् उनको होसहवास नै गयो । तत्काल चिच्याउन थालिन् । दुलही चिच्याएको देखिर घरका सबै सदस्य उपस्थित भए । सबै कुरा थाहा पाएपछि उक्त चांसेङलाई पुलिसको जिम्मा लगाए । पुलिसले तत्काल गिरफ्तार गरी बलात्कारको मुद्दामा कारबाही सुरु ग¥योे । पुलिसले चांसेङलाई बलात्कार गर्नुको कारण सोध्यो । उसले धेरै दिनदेखि दुलहीसँग एकतर्फी प्रेम रहेको बतायो । आफू गरिब परिवारको भएकाले प्रेमको बारेमा बताउन भने सकेको थिएन ।

उसलाई मनमा लागेको थियो कि, गरिबीको कारण देखाई मेरो प्रेमको प्रस्ताव स्वीकार पक्कै गर्दिनन् । उसले विवाहको दिन जब दुलाहा रक्सीको नसामा देख्यो, यसको फाइदा उठाएर आफै दुलाहाको ठाउँमा गएर सुहागरात मनायो । जब यो कुरा थाहा भयो, घरपरिवारले यो विवाह तोड्ने कुरा निकाल्न थाले । दुलाहाकी आमाले बलात्कार भएकी केटीसँगको सम्बन्ध बनाउन नचाहेको कुरा भनिन् । उनले विवाहमा दिएका सबै सामान फिर्ता लैजानसमेत भनिन् । यो घटनाले दुलहीलाई मानिसक समस्यमा पारको छ । दुलहीको उजुरीमा पुलिसले चांसेङलाई समातेर जेल चलान गरेको छ ।

उसलाई बलात्कारको मुद्दामा पाँच वर्षदेखि १० वर्षसम्मको जेल चलान हुन सक्छ । पुलिसलाई दिएको बयानमा चांसेङले दुलहीलाई तीनपटक बलात्कार गरेको भनेको थियो भने पछि एकपटक मात्र गरेको स्विकारेको छ । पुलसको खोजबिनको क्रममा चांसेङको घर दुलहीको घरनजिकै रहेकाले सबै कुराको विचार पु¥याइरहेको थियो र मौकाको पतीक्षामा रहेको थियो ।

प्रतिक्रिया