अब छिट्टै आउँदै छ ‘मेल सेक्स रोबोट’

एजेन्सी
काठमाडौं । सेक्स डल्सको चलन हिजोआज धेरै हुन थालेको छ । केही समय पहिलेसम्म मानिस यसबाट अनभिज्ञ थिए । तर, अब यो धेरै पपुलर भइसकेको छ । सेक्स डल्स अर्थात यौन सन्तुष्टि पाउनका लागि प्रयोग गरिने सेक्स टोय जो मानिसजस्तै देखिन्छ ।

अहिलेसम्म मानिस स्त्री लिंगीय सेक्स डल्ससँग मात्र परिचित थिए, अब यो खबरले तपाईंलाई आश्चर्यमा पार्नेछ कि पुरुषजस्तै देखिने ‘सेक्स डल्स’ पनि बजारमा छिट्टै आउँदै छ । यो सेक्स रोबोटले कृत्रिम बुद्धीले काम गर्छ, जसलाई एउटा एपले नियन्त्रण गर्न सकिन्छ ।

एपबाटै प्रयोगकर्ताले मानिसजस्तै देखिने यो सेक्स रोबोटलाई आफ्नो आवश्यकताअनुसार चलाउन सक्छन् । रियलबाटिक्स नामको एउटा कम्पनीले अहिले सेक्स डल्सको महिला भर्सन मात्र बिक्री गरिरहेको छ ।

तर, चाँडै उसले पुरुष भर्सन पनि बजारमा ल्याउने प्रयास गर्दै छ । यो कहिलेदेखि बजारमा उपलब्ध हुने भन्ने तिथि, मिति पक्कापक्की भएको छैन । कम्पनीको भनाइलाई मान्ने हो भने सन् २०१८ को अन्त्यसम्ममा यो सेक्स डल्स तयार हुने बताइएको छ ।

प्रतिक्रिया