ट्रम्पका यौन लिला . . .


एजेन्सी
वासिंगटन । अमेरिकी राजधानी वासिंगटनबाट शनिबार प्रकाशित एक समाचारमा राष्ट्रपति ट्रम्पका यौन स्क्यान्डलको चर्चा गरिएको छ ।
यो चर्चामा राष्ट्रपति ट्रम्पले चुनावताका आफ्ना वकिलमार्फत एक पोर्न स्टार महिलालाई प्रतिमहिना एक लाख ३० हजार डलर दिने गरेको बताइएको छ । यत्रो रकम उनले ती महिलालाई यसकारण दिदै आएका थिए कि ट्रम्पको यौन मामिलामा उनले मुख नखोलुन् ।

तर, ह्वाइट हाउसले यो ‘द वाल स्ट्रीट जर्नल’ को समाचारमा प्रतिक्रिया दिन अस्वीकार गरेको छ । ट्रम्पका निजी वकिल माइकल कोहेनले भने यसलाई ‘सन्दर्भहीन आरोप’ भएको बताएका छन् । कोहेनले नै रकम दिने व्यवस्था मिलाएको प्रकाशित समाचारमा आरोप छ । कोहेनले भने ‘यो दोश्रो पटक हो कि तपाई मेरो पक्ष(ट्रम्प) लाई झूठो आरोप लगाउँदै हुनुहुन्छ ।

तपाईले विगत एक वर्षदेखि यो झूटो कथा बनाएर गीत गाइरहनु भो र सबै पक्षले यसलाई खारेज गरिरहे ।’ भनिन्छ कि एक्स–रेटेड अभिनेत्री स्टीफेनी क्लिफोर्ड र ट्रम्पकोबीच २००६ मा यौन सम्वन्ध भयो जबकी २००५ मै मेलानियासंग उनको विवाह भइसकेको थियो ।

राष्ट्रपतिविरुद्धको ताजा आरोप बारे प्रतिक्रिया माग्दा ह्वाइट हाउसका अधिकारीले भने ‘यो पुरानो र फेरि उछालिएको झूठो कथा हो । चुनावको समय यसलाई उछालिएको थियो, तर त्यतिवेलै कसैले पत्याइदिएनन् ।’ न्यू योर्क डेली न्यूजकाअनुसार क्लिफोर्डले एउटा इमेल पठाउदैं ट्रम्पसंगको आफ्नो सम्वन्ध बारे अस्वीकार गरेकी छन् ।

प्रतिक्रिया