क्यानडामा ‘नग्न पार्टी’ का विषयमा घमासान

क्यानडा । यहाँ हिजोआज एक पुल पार्टीमाथि रोक लगाउन अभियान नै चलाइएको छ, जसमा हजारौँले सहभागिता जनाएका छन् । जबकि सो पुल पार्टीको सबै टिकट पहिले नै बिक्री भइसकेका छन् । यस्तो प्रश्न उठ्छ कि, मानिस यसलाई किन रोक्न चाहन्छन् ? यसको कारण, यो एउटा नग्न पार्टी हो र यसको विज्ञापनमा ‘यसमा सबै उमेर समूहका मानिसले सहभागिता जनाउन सक्छन्’ भनिएको छ ।

यो पार्टीमाथि रोक लगाउन माग गर्नेहरूको भनाइ के छ भने, ‘सबै उमेर समूहका लागि भनेर विज्ञापन गरिएकाले यसमा बच्चाहरूले पनि टिकेट काटेका हुन सक्छन्, यदि त्यस्तो रहेछ भने उनीहरूमाथि यौन उत्पीडनको खतरा हुन सक्छ ।’ तर, यस पार्टीका आयोजकहरू भने यस्तो आरोप लगाउनेहरूले ‘न्युडिस्ट कल्चर’ लाई राम्ररी नबुझेको बताउँछन् ।

चेन्ज डट ओआरजीमा यसलाई रोक लगाउनुपर्छ भन्नेहरूको संख्या १८ हजार पुगिसकेको छ । पार्टीको आयोजन १४ जनवरीमा साउथल्यान्ड लिजर सेन्टरमा हुन गइरहेको छ । यो पार्टीविरुद्ध अभियान चलाउनेहरूको भनाइ भने यो पार्टीमाथि रोक लगाउनु प¥यो, कि त बच्चाहरूको सहभागितामा प्रतिबन्ध लगाउनुप¥यो भन्ने छ । यो मागले यति ठूलो रूप लिएको छ कि, लिजर सेन्टरका सञ्चालकहरू पुनर्विचार गर्न बाध्य भएका छन् ।

यो पार्टीको आयोजन स्थानीय समूह क्यालगरी न्युड रिक्रिएसनले गरिरहेको छ । यो पार्टीको विज्ञापन संस्थाको आधिकारिक फेसबुक पेज र सामाजिक सञ्जाल समाजको साइट ‘मिटअप’ मा गरिएको छ । भनिन्छ, यो पार्टीको सबै टिकट बिक्री भइसकेको छ । सामाजिक सञ्जालमा १ सय ८० जनाले यसमा सहभागिता जनाउने जानकारी दिइसकेका छन् ।

क्यालगरी न्युड रिक्रिएसनको वेबसाइटका अनुसार यो एक पारिवारिक समूहजस्तै हो र यस्तो आयोजना हरेक महिना गर्ने विचार गरिँदै छ । वेबसाइटका अनुसार यो समूह ‘समान सोच भएका मानिसहरूको समूह’ हो जसले आफ्नो जन्म पोसाकमा बसेर जीवनको आनन्द उठाउन सक्छन् । यो एक पारिवारिक समूह हो र बालबालिकामैत्री रहेको छ । यहाँ सबै उमेरका मानिस, सबै किसिमका शरीर भएका, सबै किसिमका यौन रुझान भएकाहरूलाई प्रवेश दिइन्छ ।

यो पार्टीको विरोध सबैभन्दा पहिले अप्रिल पारकर नामकी महिलाले गरेकी हुन् । उनले यसका विरुद्ध अनलाइन उजुरी दर्ता गर्दै यसमा बालबालिकामाथि यौन उत्पीडन हुनसक्ने खतरा रहेको बताएकी छन् । पारकरले चिन्ता जाहेर गर्दै लेखेकी छन् ‘यहाँ अनुमति नलिई फोटो र भिडियो खिचियो भने एउटा चाइल्ड पोर्नोग्राफी जस्तै हुनेछ ।’

पार्टी आयोजक क्यालगरी न्युड रिक्रिएसन समूहका प्रमुखले आफ्नो नाम नैक्ड जेफ भएको बताउँदै यो पार्टीमा बालबालिकालाई कुनै खतरा नभएको दाबी गरे । उनले इमेलमार्फत पत्रकारलाई सफाइ दिँदै भने, ‘यो पार्टीमा बालबालिकाको यौन उत्पीडन हुन सक्ने जुन हल्ला चलाइएको छ, त्यसमा कुनै सत्यता छैन । यो नन सेक्सुअल इभेन्ट हो । न्युडिटीको अर्थ सेक्स होइन र हुदैन ।’

आयोजकले यस पार्टीमा हजारौँ मानिस सहभागि हुन उत्सुक रहेको बताए पनि यसको जुन ढंगले विरोध भइरहेको त्यसले सरकारी निकाय पनि सोच्नु पर्ने स्थितीमा पुगेको बताइन्छ । समाजिक सञ्जालमा यो पार्टीको समर्थनमा पनि अभियान चलाइएको छ, तर रोक्नुर्छ भन्नेको तुलनामा कम रहेको छ । यो पार्टीको विपक्षमा १८ हजार रहेका छन् भने समर्थनमा अहिलेसम्म ४ हजार पुगेका छन् ।

प्रतिक्रिया