दमौली अस्पतालमा निमोनियाका बिरामी बढे

तनहुँ, २६ पुस । एकसाता यतादेखि तनहुँमा अत्यधिक चिसो बढेसँगै दमौली अस्पतालमा बिरामीको संख्या बढेको छ । दैनिक २०० भन्दा बढी बिरामी उपचारका लागि आउने गरेको सो अस्पतालले जनाएको छ ।

रुघाखोकी, ज्वरो, निमोनिया, बाथलगायतका बिरामीको संख्या बढेको जिल्ला स्वास्थ्य कार्यालय प्रमुख डा. पवनजंग रायमाझीले बताए । व्यास नगरपालिका र छिमेकी गाउँपालिकाबाट बिरामी उपचारका लागि आउने गरेका छन्, उनले भने ।

यसअघि छिटफुट रुपमा बिरामी आउँथे । चिसो बढेसँगै बिरामीको संख्या बढेको अस्पतालका चिकित्सकले बताए । बिरामीलाई उमालेको पानी खान, झोल पदार्थ बढी खान, न्यानो भएर बस्न सल्लाह दिने गरेको प्रमुख रायमाझीले बताए ।

५० प्रतिशत बिरामी त बीमा गरेका व्यक्ति उपचार गराउन आउने गरेको अस्पतालले जनाएको छ ।

प्रतिक्रिया