चुरेहिल अस्पतालमा डायलाइसिस सेवा सञ्चालन

हेटौँडा, २४ पुस । हेटौँडा उपमहानगरपालिका-११ थाना भर्याङस्थित चुरेहिल अस्पतालमा दुवै मिर्गौला काम नगर्ने बिरामीका लागि सोमबार बिहानदेखि डायलाइसिस सेवा शुरु गरिएको छ ।

आरोग्य फाउण्डेसन प्रतिष्ठान ललितपुर र रोटरी क्लब मकवानपुरको सहकार्यमा चुरेहिल अस्पताल हेटौँडामा तीन वटा डायलाइसिस मेसिन स्थापना गरी सो सेवा सञ्चालनमा ल्याइएको हो ।

पाँच जना मिर्गौला बिरामीलाई सोमबार डायलाइसिस सुविधा उपलब्ध गराईएको चुरेहिल अस्पतालका प्रशासन प्रमुख रविरमण अधिकारीले जनाकारी दिएका छन् । डायलाइसिस सेवा हेटौँडामा पहिलेपटक सञ्चालनमा ल्याइएको हो ।

काठमाडौँ, ललितपुर, भक्तपुर र चितवनमा गरी कुल १५५ जना मिर्गौला रोगीका बिरामीले नियमित डायलाइसिस सेवा लिँदै आएको जिल्ला जनस्वास्थ कार्यालय मकवनपुरका प्रशासकीय अधिकृत चिरञ्जीवी पौडेलले बताएका छन् ।

चितवन, काठमाडौँ र भक्तपुरका गरी २५ जना मिर्गौला रोगीका बिरामीले डायलाइसिस सेवाका लागि चुरेहिल अस्पतालमा नाम दार्ता गराएको चुरेहिल अस्पतालका प्रशासन प्रमुख अधिकारीले बताएका छन् ।

चुरेहिल अस्पतालले मिर्गौला रोगी बिरामीको चापलाई केन्द्रित गरी आगामी तीन महिनाभित्र सात वटा नयाँ डायलाइसिस मेसिन जडान गर्ने तयारी भइरहेको पनि उनले जानकारी दिए ।

प्रतिक्रिया