भाइरल ज्वरोबाट दुई महिने बालकको मृत्यु

जाजरकोट, २४ पुस । यहाँको जुनीचाँदे-२ का रामबहादुर नेपालीका दुई महिने छोरो भूपेन्द्र नेपालीको सोमबार बिहान मृत्यु भएको छ ।स्थानीय मुक्ति शर्माले दिएको जानकारीअनुसार उपचार गर्दागर्दै नेपालीको मृत्यु भएको हो ।

भैरव माविमा स्वास्थ्य शिविर राखेको भए पनि त्यो ठाउँ टाढा भएर पुग्न नसकिएको मृतकका परिवारजनले बताएका छन् ।

प्रतिक्रिया