म्याग्दी, २३ पुस । म्याग्दी साहित्य सञ्चारले एक लाखको साहित्यिक अक्षयकोष स्थापना गरेको छ ।
सञ्चारका अध्यक्ष लोकनाथ घायलश्रीले अक्षयकोषको ब्याजबाट वार्षिक रुपमा धौलागिरिका अग्रज साहित्यकारलाई पुरस्कृत गरिने तथा साहित्यिक पत्रिका प्रकाशन र साहित्यिक गतिविधि सञ्चालन गरिने जानकारी दिए ।
देउसीभैलो खेलेर संकलित रकमबाट अक्षयकोष स्थापना गरिएको संस्थाका उपाध्यक्ष सन्दीप खत्रीले बताए । सञ्चारले ‘बुलबुल’ साहित्यिक पत्रिका प्रकाशन गर्नाका साथै कविता, गजल वाचनका विभिन्न कार्यक्रम आयोजना गर्दै आएको छ ।
प्रतिक्रिया