पोखरा, २३ पुस । राष्ट्रिय समाचार समिति पश्चिमाञ्चल क्षेत्रीय कार्यालय पोखरामा कार्यरत मंगलबहादुर जलाहारीको आइतबार निधन भएको छ ।
एक वर्षयता घाँटीको अर्बुदरोग भई उपचार गराइरहेका जलाहारीको आइतबार बिहान ५ः०५ बजे पोखरा लेखनाथ महानगरपालिका वडा नं ९ नयाँ बजारस्थित आफ्नै निवासमा निधन भएको हो ।
पिता बुद्धिबहादुर र माता सन्तमायाका कान्छा छोरा मंगलबहादुर २०४१ साल पुसदेखि हालसम्म रासस क्षेत्रीय कार्यालय पोखरामा कार्यरत थिए । उनकी श्रीमती तथा एक छोरा र दुई छोरी छन् । उनको आइतबारै पोखराको रामघाटमा अन्तिम संस्कार गरियो ।
प्रतिक्रिया