काठमाडौं । नेपाल एसबिआई बैंक सञ्चालक समितिको बैठकले स्टेट बैंक अफ इन्डियालाई प्रतिनिधित्व गरी आएका सञ्चालक सुजित कुमार बर्मालाई बैंक सञ्चालक समितिको अध्यक्षमा सर्वसम्मतिबाट चयन गरेको छ ।
सुजितकुमार बर्माले एसबिआईको मुम्बईस्थित प्रधान कार्यालयको अन्तर्राष्ट्रिय बैंकिङ समूहमा मुख्य महाप्रबन्धकको पदमा कार्यरत रही काम गरिरहेका छन् । नेपाल राष्ट्र बैंकका गर्भनर डा. चिरञ्जीवी नेपालले अध्यक्ष बर्मालाई गभर्नरको सचिवालयमा आयोजित एक समारोहबीच पद तथा गोपनीयताको शपथग्रहण गराएका हुन् ।
शपथग्रहण कार्यक्रममा नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नरद्वय चिन्तामणि सिवाकोटी तथा शिवराज श्रेष्ठ, कार्यकारी निर्देशक नारायणप्रसाद पौडेल, नेपाल एसबिआई बैंकका सञ्चालकहरू भिके त्यागी, दीपक रौनियार, केशवराज आर्चाय, बालकृष्ण श्रेष्ठ एवं बैंकका प्रमुख कार्यकारी अधिकृत अनुकूल भटनागर, नायव सिइओ शुभकान्त कानुनगो लगायतको उपस्थिति रहेको थियो ।
प्रतिक्रिया