वीरगञ्जलाई राजधानी बनाउन एमाले अभियानमा

वीरगञ्ज, २० पुस । वीरगञ्जलाई प्रादेशीक राजधानी बनाउन माग रहेको नेकपा एमाले पर्साले अभियान चाल्ने जनाएको छ । रामगढवामा रहेको नेकपा एमालेको पार्टी कार्यालयमा बिहिबार पत्रकार सम्मेलनमा वीरगञ्जलाई २ नम्बर प्रदेशको राजधानी बनाउन माग गरेको हो ।

सम्पूर्ण श्रोत, साधन विरगञ्जमा रहेको हुँदा प्रादेशिक राजधानीको लागी वीरगञ्ज नै उपयुक्त रहेको जनाएको हो । एमाले पर्साले जारी गरेको प्रेस बिज्ञप्तीमा भनिएको छ, नेपालको प्रमुख शहर मध्ये वीरगञ्ज पनि हो ।

वीरगञ्ज एउटा राष्ट्रको प्रमुख आर्थिक नगरीको रुपमा छ । त्यसकारण प्रदेश नम्बर २ को सबभन्दा बढि विकासको सम्भावना बोकेको शहर पनि हो ।’

वीरगञ्जमा नेपालको प्रबेशद्धार, सडक मार्गको एक मात्र सुख्खा बन्दगाह, सुबिधा सम्पन्न आईसिपी, अन्र्तराष्ट्रीयस्तरको सेवा सुबिधा सम्पन्न नारायणी रंगशाला, वीरगञ्जसँगै जोडिएको, काठमाण्डौ द्रुतमार्ग, निजगढमा निर्माण हुँदै गरेको अन्र्तराष्ट्रीय बीमानस्थल लगायतका सम्भावना रहेकले वीरगञ्जलाई राजधानी बनाउने एमालेको बुझाई रहेको जनाएको छ ।

प्रेस चौतारी पर्साका अध्यक्ष अनुप तिवारीको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा नेकपा एमालेका पर्सा संयोजक प्रभु हाजरा, पुर्व साँसद राजकुमार गुप्ता, बिचारी यादव, नेताहरु शम्भु गुप्ता, बलिराम साह, बृजलाल पासवान लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया