पोखरा जेसिज र लेडी जेसिजको संयुक्त पदस्थापन

पोखरा, १८ पुस । पोखरा जेसिज र पोखरा लेडी जेसिजका सन् २०१८ का कार्यकारिणी समितिका पदाधिकारीको संयुक्त पदस्थापन सोमबार गरिएको छ ।

पोखरा जेसिज र पोखरा लेडिज जेसिजका सन् २०१७ का अध्यक्ष क्रमशः शिवप्रसाद कोइराला र शकुन्तला भुसालले २०१८ का अध्यक्ष क्रमशः शिव सुवेदी र सन्तु पौडेललाई शपथ गराउनाका साथै पदभार हस्तान्तरण गरी पदस्थापन गराए ।

सन् २०१८ का अध्यक्षद्वय सुवेदी र पौडेलले कार्यकारिणी समितिका पदाधिकारीलाई पनि शपथ गराए । कार्यक्रममा नेपाल जेसिजका राष्ट्रिय अध्यक्ष श्रीधर बस्यालले युवालाई आर्थिक समृद्धिको बाटामा उन्मुख गराउनुपर्नेमा जोड दिए ।

पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष विश्वशंकर पलिखेले युवामा सामाजिक भावनाको विकास गराउँदै व्यक्तित्व विकासजस्ता विविध पक्षलाई अघि बढाउन जेसिजले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताए ।

उक्त अवसरमा सामाजिक क्षेत्रमा विशिष्ट योगदान पुर्याउनाका साथै एकल महिलाका अधिकारलाई स्थापित गराउन महत्वपूर्ण भूमिका खेलेवापत समाजसेवी प्रमिला तज्जियालाई सम्मान गरिएको थियो ।

प्रतिक्रिया