पाल्पा, १८ पुस । दर्छा क्याम्पस सञ्चालनका लागि रामपुरका स्थानीयबासीले तीन रोपनी जग्गा दान गरेका छन् ।
रामपुर नगरपालिका-३, रजघरा बस्ने धनकुमारी खनाल, छोरा ईश्वरी खनाल र बुहारी इन्दिरा खनालको परिवारले स्व यदुनाथ खनालको सम्झनामा क्याम्पसका लागि जग्गादान गरेका छन् ।
रामपुर नगरपालिका-३ मा रहेको कित्ता नं ९०१ को तीन रोपनी १५ आना शून्य पैसा तीन दाम क्षेत्रफलको जग्गा दर्छा क्याम्पस सञ्चालनका लागि दान गरेको स्व खनालका श्रीमती धनकुमारी खनालले बताइन् ।
प्रतिक्रिया