सरकारी कागजात किर्ते गर्ने पक्राउ

धनगढी । धनगढी उपमहानगरपालिकामा सरकारी नक्कली कागजपत्र बनाउने एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका–१२ ‘डी’ गाउ“ बस्ने धर्मेन्द्र सिंह रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

सिंहले घर नक्सा किताब बनाउने, पास भएको प्रमाणित प्रमाणपत्र बनाउने लगायतका नक्कली कागजपत्र बनाउने गरेको उजुरी जिल्ला प्रहरी कार्यालयमा परेपछि सिंहलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका एसपी विनोद घिमिरेले जनाकारी दिए । सिंहले घर नक्सा किताब बनाउने, पास भएको प्रमाणित प्रमाणपत्र बनाउने लगायतका नक्कली कागजपत्र बनाउने गरेको रहस्य सेवाग्राहीबाट खुलेको थियो । सोमबार दिउँसो धनगढी–१२ बस्ने नारायण ठगुन्ना, मदनराज जोशी र नन्दसिंह ढाँटले आफू ठगिएको भन्दै संयुक्त रूपमा उपमहानगरपालिकामा निवेदन दर्ता गराएका थिए ।

घर नक्सा किताब र प्रमाणित पत्रमा हस्ताक्षर फरकफरक देखेपछि उनीहरूले उपमहानगरपालिकामा निवेदन दर्ता गराएको धनगढी उपमहानगरपालिकाले जनाएको छ । सिंहले बनाएको घर नक्सा किताब र पास भएको प्रमाणित पत्रमा धनगढी उपमहानगरपालिकाको कार्यालय प्रमुख, इन्जिनियर, अमिनलगायत सम्बन्धित व्यक्तिहरूको नक्कली हस्ताक्षर रहेको थियो । उक्त कागजपत्रमा उपमहानगरपालिकाको लोगो सहितको छाप, कार्यालयका अमिन, इन्जिनियरको छाप पनि नक्कली भएको धनगढी उपमहानगरपालिकाका इन्जिनियर द्विजराज भट्टले बताए ।

नक्सा किताबमा डेल्टा इन्जिनियररिङ कन्सल्टेन्सी धनगढीको लोगो सहितको छाप पनि रहेको छ । निवेदन दर्ता गराएका मदनराज जोशीले आपूmले सिंहलाई सबै कागजपत्र बनाउनका लागि १८ हजार नगद दिएको बताए । ‘सिंहले जाली काम गर्दै छ भन्ने थाहा थिएन’, उनले भने ‘छिमेकी भएकोले घर बनाउनेदेखि कागजपत्र बनाउनसम्म उनलाई जिम्मा दिएका थिए ।’ उनले अर्काको कागजपत्र हेर्दा हस्ताक्षर नक्कली भएको आशंका गरेपछि कार्यालयमा उजुरी दिएको बताए ।

नारायण ठगुन्नाले सिंहलाई ३५ हजार रकम दिएको दाबी गरे । घर नक्सा किताबदेखि सबै कागजात बनाउन ३५ हजार दिइसके पनि पूरा काम नगरेको उनले बताए । ‘सिंहलाई भेट्दा छाप हान्न बाँकी रहेको छ र केही रकम दिनुप¥यो भन्यो’, त्यसपछि मैले उपमहानगरपालिकामा आपैmँ गएर प्रमाणित गराएर आउ“छु कागजपत्र दिनुभन्दा केही बेरमा सबै काम गरेर दिन्छु भनेर गयो’, उनले भने । उनले सिंहले कागजपत्र प्रमाणित गरेर केही बेरमा ल्याएपछि जोशीको कागजात र आफनो कागजात हेर्दा हस्ताक्षर फरकफरक पाएको बताए ।
धनगढी उपमहानगरपालिकाले सिंहविरुद्ध नक्कली कागजपत्र किर्तेसहित ठगी मुद्दा दर्ता गरेको थियो । सो मुद्दाअन्तर्गत तीन वर्ष जेल र क्षतिपूर्ति तिर्नुपर्ने व्यवस्था रहेको छ ।

 

प्रतिक्रिया