सहकारीद्वारा रकम प्रदान


बाग्लुङ, १५ पुस । आदर्श सञ्चार सहकारी संस्था लिमिटेड बाग्लुङले सञ्चालन गरेको सामाजिक सुरक्षा कोषअन्तर्गत संस्थाका सेयर सदस्यका अभिभावकको निधनमा राहत रकम प्रदान गरेको छ । सूचना र सञ्चार, वचत तथा ऋणलगायत सामाजिक कार्यमा क्रियाशील रहँदै आएको संस्थाले सेयर सदस्य तथा उनका परिवारका सदस्यको निधन हँुदा घरमै गएर राहत रकम प्रदान गर्ने गरेको छ ।

बाग्लुङ नगरपालिका ४ रमेटार निवासी कर्णबहादुर आचार्य क्षेत्रीको निधन भएको १२औँ दिनको पुण्य तिथि पारेर संस्थाकी सह–सचिव ललिता थापाले स्वर्गीय कर्णबहादुरकी छोरी विमला कार्कीलाई पाँच हजार मृत्यु राहत रकम प्रदान गरिन् ।

हरेक सेयर सदस्यबाट प्रत्येक दिन एक रुपैयाँ संकलन गरी संस्थाले दैवी–प्रकोप तथा उद्धार राहतकोष स्थापना गरेको छ । उक्त कोषबाट सेयर सदस्यको निधनमा १५ हजार र परिवारका सदस्यको निधनमा पाँच हजार रुपैयाँ संस्थाले सहयोग गर्दै आएको संस्थाकी उपाध्यक्ष अञ्जु जिसीले बताइन् ।

आदर्श सञ्चार सहकारीमा हाल १ हजार २ सय जना सेयर सदस्य, २ करोड ६० लाख सेयर रकम, ८ करोड वचत रकम र ११ करोड कर्जा लगानी छ ।

प्रतिक्रिया