प्राचीन नेपाली शिल्पकलाको अध्ययनमा देखिएका चुनौतीहरू

धर्मराज शाक्य अध्यक्ष, नेपाल हस्तकला महासंघ
परिचय:  कुनै पनि व्यक्तिले आफ्नो हातको सीप तथा कार्य क्षमतालाई कलाको रूपमा सिर्जना गर्ने कार्यलाई शिल्पकला भनिन्छ । यसमा व्यक्तिको भावनात्मक अभिव्यक्ति एवं सोचाइ नै कलाको रूपमा प्रस्फुटन भएको हुन्छ । शिल्पकलामा दैनिक प्रयोजनमा ल्याइने परम्परागत भाँडा वर्तनदेखि लिएर गृह सजावटका सामग्री, बहुमूल्य कलात्मक मूर्तिदेखि लिएर विभिन्न किसिमका कलात्मक सामग्री, चित्रकला आदि पर्दछन् ।

एउटै कलाकृतिमा कलाकारले मनका भावनात्मक तरंगलाई आआफ्नै क्षमता र सोचाइअनुसार विभिन्न विधामा कला सिर्जना गर्दछ । जस्तोकि प्रस्तरमूर्तिले प्रस्तरमा आफ्नो सोचाइ अनुसारको विभिन्न साइजका मूर्ति निर्माण गरिन्छ भने काष्ठकारबाट काठका विभिन्न साइजका झ्याल, ढोका चौकोस, टुँडाल, तोरण, आदि कलात्मक शैलीमा निर्माण गरिन्छ भने माटाको मूर्ति निर्माण गर्ने मूर्तिकारले माटाका विभिन्न साइजका देवी देवताहरूको मुकुन्डो निर्माण गर्ने, माटाका कलात्मक भाँडाकुडालगायत गृह सजावट सामग्रीहरू निर्माण गरिन्छ ।

त्यस्तै धातु मूर्तिकारले सुन, चाँदी, तामा, पित्तल आदि आवश्यक धातुबाट मुर्ति घरेलु भाँडाकुडा, गृह सजावटका सामग्रीहरू निर्माण गर्दछ भने चित्रकला कोर्ने चित्रकारले आवश्यक भित्रे चित्र पौभा चित्र, पत्त चित्र, ग्रन्थ चित्र आदि आआफ्नो क्षमता र सोचअनुसार लेख्ने गरिन्छ । तर, तिनमा कलाकारको लगन, सोच, मिहिनेत, सीप र क्षमताको भरपुर कलामा प्रस्फुटन आवश्यक हुन्छ । कुनै पनि कलाकारको पारखी अर्थात् स्तर निर्धारण तिनको प्रस्तुतिकरणबाट निर्धारण गरिन्छ । तसर्थ शिलाकलामा कलाकारको दूरगामी सोच, शैली, प्रस्तुतीकरणको मूल्यांकनबाट शिल्पकलाको स्तर छुट्याइन्छ ।

 शिल्पकलाको पौराणिक महत्व : शिल्पकलाको प्रारम्भ पौराणिक कलादेखि भएको प्रसंग हाम्रा विभिन्न धार्मिक ग्रन्थअन्तर्गत वेद, पुराण आदिमा सरसर्ती उल्लेख गरेको भेटिन्छ । श्रीभद्भागवत पुराण, रामायण तथा महाभारतजस्ता धार्मिक ग्रन्थमा शिल्पकलाका छाता एवं देवताको रूपमा विश्वकर्माको नाम अग्रपंक्तिमा आउँछ । देवताहरूको वास्तुकलाको प्रखरज्ञाता भएकोले तिनलाई देवशिल्पी पनि भनिन्छ ।

तुलसीकृत रामचरित्त मानस तथा बाल्मीकि रामायणको अरण्य काण्डमा एकपटक महावली हनुमानले स्वर्ण नगरी लंकामा सीतामाताका खोजी गर्ने क्रममा पुष्प वाटिकामा सीतामाताको भेटघाट पछि लंकापति रावणलाई चेतावनी दिने क्रममा हनुमानले लंका दहनगरी रावणको स्वर्णमय लंका उजाड बनाएको थियो । त्यसबेला रावणले विश्व विजयीको हैसियतले विश्वकर्माको सहयोगलिई लंका सहर जस्ताकोतस्तै निर्माण गरेका थिए ।

त्यस्तै श्रीभद्भागवत पुराणको दशम स्कन्धको श्रीकष्णलीला वर्णनमा श्रीकृष्णले महावलवान् जरासन्धको लडाइँबाट देश र प्रजाको हितका निमित्त समुन्द्रको मध्य भागमा देवशिल्पी विश्वकर्माको सहयोग लिई रातौँरात उक्त नगरमा सुरक्षित स्थानान्तर गरेको प्रसंग उल्लिखित छ ।त्यस्तै महाभारत नामक ग्रन्थमा श्रीकृष्णको अनुरोधमा मय नामको एक दानवले पञ्च पाण्डवका निमित्त ‘खाण्डव प्रस्थ’ जंगलमा मायावी नगर निर्माण गरेको प्रसंग उल्लेख छ । किरांतकालीन कलाकृतिको नमुनाको रूपमा पशुपतिस्थित विरूपाक्षको प्रस्तर मूर्ति, प्रस्तरको महादेवको मृगस्वरूप मूर्ति तथा च्यासलस्थित गजलक्ष्मीको प्रस्तरकला तथा धातु कलाका विभिन्न देवीदेवताका मूर्तिलगायत धातुका परम्परागत भाडावर्तनहरू पनि निर्माण गर्न थालियो । लिच्छिविकालीन धातु मूर्तिहरू प्रायःजसो सुन, चाँदी तथा तामा सुनको बाक्लो मोलम्मा लागेका मूर्तिहरू बनाइन्थ्यो ।

तर, ती मूर्तिहरूमा सादा गरगहनाको प्रयोग, शान्त मुद्रालगायत वैदिक प्रभाव बढी झल्किन्थ्यो । त्यसबेला देवीदेवताका मन्दिरहरूमा सुन तथा चाँदीबाट निर्मित भाँडा वर्तन दैनिक नृत्य पूजाका लागि चढाइन्थ्यो भन्ने कुरा वरिष्ठ संस्किृतिविद सत्यमोहन जोशीद्वारा लिखित लिच्छविकालीन धातु मूर्तिकलासम्बन्धी पुस्तकमा उल्लिखित छ । लिच्छविकालीन पुरातात्विक एवं ऐतिहासिक महत्वका प्रस्तर तथा धातु मूर्तिकलाले त्यसबेलाको शिल्पकलाको विकास विस्तार बारे अध्ययनका लागि महत्वपूर्ण प्रमाणको रूपमा काम गर्दछ ।

लिच्छविकालीन भाँडावर्तन, गरगहना तथा सिक्काहरू प्रायः लोप हुने अवस्थामा छन् भने केवल प्रस्तर मूर्ति मात्र ऐतिहासिक ज्वलन्त प्रमाणको रूपमा चाँगुनारायण, बुढानिलकण्ठ नारायण, पलाञ्चोक भगवती आदि विद्यमान छन् । त्यस्तै मल्लकालीन समयमा तान्त्रिक प्रभाव नेपालमा बढी फैलिएका कारण त्यसबेलाका प्रस्तर तथा धातु मूर्तिहरूमा विभिन्न तान्त्रिक मुद्रा, आसन, गरगहनाको बढी प्रयोग भएको देखिन्छ । काठमाडौं उपत्यका भित्रका मल्लकालीन दरबार, मठमन्दिर, विहार आदिका कतिपय मूर्तिहरू क्रुद्ध, आवेश अवस्थामा भेटिन्छन् । किनकी मठमन्दिरका अधिकांश टुँडाल, तोरण, झ्याल, ढोका आदिमा अंकित देवीदेवताका मूर्तिहरू उल्लेखनीय तथा अध्ययन अनुसन्धानका लागि योग्य देखिन्छन् ।

ती मूर्तिहरू शिल्पकलाको दृष्टिकोणवाट अद्वितीय नमूना मान्न सकिन्छ भने पुरातात्विक तथा ऐतिहासिक दृष्टिकोणबाट ज्वलन्त उदाहरण मान्न सकिन्छ । तसर्थ यिनै शिल्पकलाको संग्रहको हिसाबबाट उपत्यकाका दरवार मठमन्दिर इलाकालाई पर्यटकीय तवरबाट खुला संग्रहालय मान्न सकिन्छ । किनभने जुनसुकै मुलुकका नागरिकले तिनलाई अध्ययन, अवलोकन र अनुसन्धानका लागि योग्य क्षेत्र मान्न सकिन्छ ।

शिल्पकलाको प्रकार ःनेपाली शिल्पकला विभिन्न विधामा विभाजन गरिएको देखिन्छ । जसअन्तर्गत प्रस्तरकला, धातुकला मृतिका कला, काष्ठकला, चित्रकला आदि ।

प्रस्तरकला ः प्रस्तरकलाको सुरुआत पाषण युगदेखि सुरु भएको मानिन्छ । मानव सभ्यताको विकास जंगली युगबाट प्रारम्भ भएको अनुमान गरिन्छ । त्यसबेला मानिसले आफ्नो दैनिक जीवनयापनका लागि जंगली जनावरको सिकार गर्नुपर्ने बाध्यता हुनुका साथै जंगली हिंस्रक जन्तुबाट सुरक्षाका लागि ढुंगाका लामा –लामा हतियार बनाउने क्रममा प्रस्तरकलाको सुरुआत भएको पाइन्छ । त्यसपछि धार्मिक आस्था, भाइचारा सम्बन्ध, समाज र परिवारको विकास भइसकेपछि धार्मिक आस्थाका मूर्तिहरू ढुंगा तथा काठबाट निर्मित घरेलु प्रयोजनका सामग्री निर्माण गर्ने क्रममा शिल्पकलाले बिस्तारै गति लिन थाल्यो । पछि खानीको उत्खनन, प्रयोगमा ल्याएपछि धातुका मूर्तिहरू, गरगहना, घरेलु प्रयोजनका सामग्री निर्माण हुन थाल्यो तर प्रस्तर मूर्तिले किरातकालदेखि लिच्छविकाल उत्कर्ष रूपमा विकास तथा विस्तार भएको बताइन्छ ।

धातुकला ः धातुकलाको प्रारम्भ वैदिक कालदेखि भएको मानिन्छ । वैदिक कालदेखि प्रस्तरकला तथा सुन चाँदीका धातुकलालाई पवित्र मूर्तिकलाको दर्जामा गनिन्थ्यो भन्ने धार्मिक पुराण शास्त्रमा उल्लिखित देखिन्छ । रामायणमा उल्लेख गरिएअनुसार त्रेतायुगमा एकपटक मर्यादा पुरुषोत्तम श्री रामचन्द्रले अयोध्या सहरमा राज्य सञ्चालन गरेका थिए । एकसमय लोक निन्दाका कारण राजा रामचन्द्रले महारानी सीतालाई परित्याग गरी बाल्मीकि ऋषिको आश्रममा छोडेर आएका थिए । त्यसपछि राजा रामचन्द्रले अश्वमेघ यज्ञको आयोजना गर्दा आफ्नी धर्मपत्नी सीताको स्वर्ण प्रतिमा बनाएको प्रसंग रामायणमा उल्लेख देखिन्छ ।

त्यस्तै लिच्छविकालीन समयमा सुनचाँदी तामाको धातु मूर्ति तथा भाँडावर्तनलाई अति उत्तम मानिन्थ्यो । अधिकांश लिच्छविकालीन धातु मूर्ति सुन तथा चाँदीका धातुबाट निर्माण गरिन्थ्यो भने तामाको धातुबाट मूर्ति निर्माण गरिँदा सुनको बाक्लो मोलम्मा लगाउने प्रचलन थियो । लिच्छविकालीन धातु मूर्तिका कम गहनाको प्रयोग तथा शान्त मुद्राको देखिन्थ्यो भने मल्लकालमा आएर तान्त्रिक प्रभाव झल्किएको कारण उग्र मुद्राको विभिन्न आयुध तथा गर गहनाले सुसज्जित धातु मूर्तिहरू निर्माण गर्ने प्रचलन रहेको त्यसवेलाका धातु मूर्तिको अवलोकन तथा अध्ययनपश्चात् अनुमान लगाउन सकिन्छ ।

अधिकांश मल्लकाकालीन समयमा निर्मित मन्दिरका तोरण र टुडालमा निर्मित मूर्तिहरू नमुनाको रूपमा तलेजु भवानीको मन्दिरको तोरण धातु मूर्तिलाई लिन सकिन्छ । त्यस्तै काठमाडौं पशुपतिक्षेत्रमा अवस्थित विशाल उन्मत्त भैरवको धातु मूर्तिमा समेत तान्त्रिक प्रभाव झल्किन्छ । शाहकालमा आएर लिच्छविकाल तथा मल्लकालीन दुवै समयको प्रभाव धातु मुद्रामा परेको देखिन्छ ।

काष्ठकला ःनेपालका अधिकांश पुरातात्विक एवं सांस्किृतिक महत्वका सम्पदा स्थलहरूमा काष्ठकला एउटा मठमन्दिरका अमूल्य गरगहनाको रूपमा सुसज्जित भएको देखिन्छ । कथमकदाचित सांस्किृतिक सम्पदाका मठमन्दिरमा काष्ठकलाले सुसज्जित नभएको भए मन्दिरको शोभा श्रीविहीन देखिन्थ्यो । किनभने अधिकांश प्यागोडा शैलीका मन्दिर, स्मारक, दरबार, विहार आदिमा काष्ठ कलाका टुडाल, तोरण, कलात्मक झ्यालढोका आदिले तिनको शोभा वृद्धि गरेको देखिन्छ ।

काष्ठकला विकासको गति लिए तापनि मल्लकालीन समयमा उपत्यकाका तिनै स्थलमा काठमाडौं, ललितपुर र भक्तपुरको दरबार इलाकामा अधिकांश मठ, मन्दिर निर्माण गरिएको कारणले यसबेला काष्ठकलाले तीव्र विकासको गति लिएको देखिन्छ । वर्तमान समयमा काष्ठकलाले स्मारक संरक्षणमा गति लिनुभन्दा वैदेशिक निर्यात व्यापारमा तीव्र गति लिएको देखिन्छ ।मृत्तिकाकला ःमृत्तिका कलाको सुरुआत गोपालवंशको पालादेखि भएको अनुमान गर्न सकिन्छ । किनभने कीर्तिपुरस्थित बाघभैरवको मुखाकृति गोपालवंशका ग्वालाहरूले निर्माण गरेको कीर्तिपुरको बाघभैरवको अभिलेख अध्ययनको क्रममा भेटिन्छ ।

एक समय प्राचीन कालमा गोठाला केटाकेटीहरू वनमा भेडाबाख्रा चराउने क्रममा भेडाबाख्रालाई वनमा घाँस खानका लागि छोडेछन् । त्यसबेला हातमा माटोलिई ख्यालख्यालमा माटाका मुकुन्डो बाघको आकृति आउनेगरी बनाएछन् । तर, तिनमा जिब्रो हाल्न बिर्सिएर त्यत्तिकै छोडेछन् । दिनदिनै भेडाबाख्रा चराउनका लागि जंगलमा छोडेर गोठाला केटाकेटी लुकामारी खेलमा त्यत्तिकै भुलेछन् । साँझपख घर फर्किनका लागि वनमा भेडाबाख्रा चराइरहेको खोज्न जाँदा वनमा दिनदिनै हराउन थालेछन् । कसले भेडाबाख्रा खायो भनी खोज्न जाँदा गोठाला केटाकेटीले एउटा अचम्मको दृष्य देखेछन् ।

ख्यालै ख्यालमा बनाएको माटाका बाघको मुखाकृति मुकुन्डोको मुखमा रगतको छिटा भेटेछन् । सधैँ त्यसरी भेडाबाख्रा जंगलमा दिनप्रतिदिन हराउन थालेपछि तिनै माटाका मुकुन्डोले खाएको शंका लागेपछि हेर्न जाँँदा दिनदिनै त्यस माटाको मुकुन्डोमा रगतका टाटा भेटेको देखेपछि तिनको मुखमा जिब्रो नै हालेनन् । पछि सोही ग्वालाहरूले बनाएको माटोको मुकुन्डो बाघभैरवको रूपमा प्रसिद्ध भएछ । पछि त्यही माटोको मुकुन्डोमा चाँदीको पाताले छोपेर हालको बाघभैरवको प्रसिद्ध मूर्ति तयार गरेको कीर्तिपुरको बाघ भैरवको किम्बदन्ती आजसम्म प्रसिद्ध छ । त्यहाँको मन्दिर निर्माण शैली अति प्राचीन तथा भव्य देखिन्छ ।

त्यसपछि लिच्छविकालीन समयमा आएर किसान परिवारबाटै माटाका विभिन्न कलात्मक भाँडाकुडा निर्माण गर्ने, विभिन्न देवीदेवताको माटोको मुकुन्डो तयार गर्ने, सामाजिक संस्कार, कर्म सञ्चालन गर्नका लागि माटाका भाँडावर्तन बनाउने परम्परा पछि गएर किसानको जिम्मेवार पेसाको रूपमा कुमाल थरका व्यक्तिहरूले नियमित रूपमा कार्य गर्न थालेको पाइन्छ । वर्तमान समयमा अक्सरगरी भक्तपुर ठिमीका कुमालहरूले नियमित पेसाको रूपमा कलात्मक माटाका भाँडावर्तन बनाउने कार्य गर्दै आइरहेको देखिन्छ ।

ऐतिहासिक एवं पुरातात्विक महत्वका माटाका मूर्तिका रूपमा ज्वलन्त उदाहरण लिनुपर्दा पाटन महाबौद्धस्थित महाबौद्ध मन्दिर तथा पशुपतिस्थित लगभग १२ फिट अग्लो अनन्त नारायणको माटाका मूर्ति उल्लेखनीय उदाहरण मान्न सकिन्छ । हाल आएर पाटन थापाहिटी टोलस्थित कालु कुमालले पुख्र्यौलीदेखिको पेसाको रूपमा पाटनस्थित प्रसिद्ध रातो मच्छिन्द्रनाथको वार्षिक कर्मकाण्ड सञ्चालन गर्नका लागि चाहिने सम्पूर्ण माटाका भाँडाकुडाहरू निर्माण गर्दे आइरहेको देखिन्छ । जसले मृत्तिका कलालाई निरन्तरता दिइरहेको पाइन्छ ।

चित्रकला ःचित्रकलाको सुरुआत पौराणिक कालदेखि सुरु भएको रोचक श्रीभद्भागवत महापुराणको दशम स्कन्धको श्रीकृष्ण लीला अवतारमा वर्णन गरेको भेटिन्छ । त्यसबेला चित्रलेखा नामक व्यक्तिले सर्वप्रथम चित्रकलाको सुरुआत गरेको रोचक प्रसंग भेटिन्छ । उनी दानवराज वाणासुरको मन्त्री कुष्माण्डाकी छोरी थिइन् । उनलाई माता सरस्वतीले त्यसवेलाका वर्तमानकालीन राजा महाराजाहरूको चित्र मनले चिताउँदैमा हुबहु लेख्न सकिने वरदान दिएकी थिइन् ।

उनले एकपटक राजा वाणासुरकी पुत्री राजकुमारी उषाकी स्वप्न राजकुमार अनिरुद्ध चित्र अनुमानको भरमा तयार गरेर पछि राजकुमारीलाई स्वप्नको राजकुमारसँग भेटघाट गर्न महत्वपूर्ण सहयोगसमेत पाएकी थिइन् । चित्रलेखामा नाम र गुणको वर्णनका आधारमा तुरुन्त संसारभरको राजा, महाराजा, तथा राजकुमारी र राजकुमारको चित्र लेखेर देखाउन सक्ने अद्भुत क्षमता विद्यमान थिए ।चित्रकलालाई मनको सुन्दर परिकल्पना कलाको रूपमा प्रस्तुत गर्ने महत्वपूर्ण माध्यम पनि मानिन्छ ।

मल्लकालीन समयमा राजाहरू चित्रकलाका सौखिन तथा महान पारखी थिए । तिनिहरूले आफ्नो निवासमा देखाएका भित्ता, खोपा, मन्दिरका भित्ता, बुर्जा आदिमा तान्त्रिक भाव झल्किने खालका आफ्ना आराध्य देवी देवताको चित्र लेख्न लगाउने गरेको ज्वलन्त प्रमाण काठमाडौं, ललितपुर र भक्तपुरको ऐतिहासिक दरवारका भित्ता र मन्दिरका भित्तामा तान्त्रिक मुद्राको देवीदेवताका चित्र लेख्न लगाएको ज्वलन्त प्रमाण भेटिन्छ । त्यसको अलावा मल्लकालीन थ्या सफु, बालपत्र, भोजपत्र, कपडाको पातामा रंगीन तान्त्रिक मुद्राका चित्रहरू लेख्न लगाएका ऐतिहासिक प्रमाणहरू भेटिन्छन् ।

त्यसबाट के स्पष्ट हुन्छ भने मल्लकालीन समयमा चित्रकलामा निकै विकास गरेको सहजै अनुमान गर्न सकिन्छ । कुनै–कुनै थ्या सफुको बीचबिचमा आवश्यकताअनुसार विभिन्न तान्त्रिक मुद्राका देवी वा देवता रंगीन चित्र लेख्न लगाउने गरेको त्यसवेला थ्या सफुको संग्रह सरस्वती अध्ययनको क्रममा देखिन्छ । यसले हाम्रो कला संस्कृतिको उत्थानमा मल्ल राजाहरूको महत्वपूर्ण योगदान रहेको स्वतः प्रमाणित हुन्छ । साथै राजा सिद्धिनरसिंह मल्लको समयमा तयार पारेको राधाकृष्ण लीलाको पौभा चित्र अति नै उत्कृष्ट रहेको तथ्य पाटन दरवारस्थित म्युजियमको अवलोकन गर्न जाँदा सहजै अनुभव गर्न सकिन्छ ।

शिल्पकलाको विषमा ज्योतिष अवधारणा ः

शिल्पकलासम्बन्धी ज्ञान मानिसमा अभिरुची जगाउने, लेखनशैलीमा अभिरुची जगाउने, कलाका प्रखर ज्ञाता बनाउने, कुशल कलाकारको रूपमा ख्याति दिलाउने सम्बन्धित ग्रह बुध हो । बुध ग्रहले मानिसको वाकशक्तिमा प्रखरता ल्याउने र कलासम्बन्धी प्रेरणा जगाउने कार्य गर्दछ । विश्वप्रसिद्ध भारतीय ज्योतिष स्व. डा. नारायणदत्त श्रीमालीले आफ्नो प्रसिद्ध ज्योतिषसम्बन्धी पुस्तक कुण्डली दर्पण, अंक ज्योतिष रत्नु ज्योतिष योगदीपिका आदि पुस्तकमा ग्रहसम्बन्धी विशेषता एवं कुण्डली अध्ययन बारे विस्तृत रूपमा उल्लेख गरेको देखिन्छ ।

उनले पुराण, उपनिषद्, वेद, तन्त्र आदिका सम्पूर्ण अध्ययनगरी निचोडका रूपमा उल्लेख गरेको देखिन्छ । कुण्डली दर्पणसम्बन्धी पुस्तकका अनुसार व्यक्तिको जन्म कुण्डलीमा यदि लग्न, पंचम, नवम, या दशम स्थानमा स्वगृह राशि उच्च राशि या मूल त्रिकोण राशि परेको खण्डमा कला क्षेत्रका प्रखर ज्ञाता कला पारखी, कुशल कलाकार पेसाबाट मनग्य आम्दानी गर्नुका साथै कला क्षेत्रबाट चर्चाको शिखरसम्म पुग्नमा बुधग्रहले प्रत्यक्ष भूमिका खेल्ने कुरा उल्लेख गरेको देखिन्छ ।

तर, कर्म प्रधान समाजमा कर्म नगरिकन चर्चाको शिखरमा भने कहिल्यै पुग्न सकिँदैन । बुध ग्रहको प्रभावले कलासम्बन्धी थोरै ज्ञानले पनि निकै उपलब्धि हासिल गर्न सक्षम हुन्छ । सौर्य मण्डलमा विद्यमान ग्रहहरूले कुण्डली वा गोचरअनुसार प्रत्यक्ष या अप्रत्यक्ष रूपमा प्रभाव देखाउँछ नै । त्यसमा राम्रो समयमा अगाडि बढ्न र नराम्रो समयमा सावधान हुन ज्योतिष सिद्धान्तको मूल मर्म मानिन्छ ।

शिल्पकला व्यवसायमा देखापरेका चुनौतिहरू ः

नेपाली शिल्पकलाले पुरातात्विक तथा ऐतिहासिक महललाई जर्गेना गरिँदै धार्मिक तथा सांस्किृतिक सम्पदाको संरक्षण तथा प्रवद्र्धन कार्यलाई निरन्तरता दिँदै राष्ट्रिय गौरवलाई स्थायित्व दिनेतर्फ अहं भूमिका खेलेको देखिन्छ । यदि लिच्छविकालीन तथा मल्लकालीन शिल्पकलालाई हाम्रा पूर्वजहरूले जर्गेना गर्नका लागि ठूलो योगदान नपु¥याएको भए आज हाम्रासामु हजारौँ वर्ष पुराना सांस्कृतिक तथा धार्मिक सम्पदाहरू सुरक्षित रहँदैनथे होलान् । यस समयमा संरक्षण र पुनर्उत्थानको अति आवश्यक देखिन्छ । त्यसमा विभिन्न कालखण्डमा राजामहाराजाहरू तथा शिल्पकला कर्मीहरूले ठूलो योगदान तथा अहं भूमिका त पक्कै थियो नै ।

जुन कुरा हामी ऐतिहासिक शिलालेख संग्रहबाट पत्ता लगाउन सकिन्छ । त्यस्तै ०७२ साल वैशाख महिनामा आएको शक्तिसाली भूकम्पको ठूलो धक्काले राष्ट्रभरिमा असंख्य पुरातात्विक र सांस्कृतिक सम्पदाहरूलाई भग्नावशेषमा परिणत गरीदियो । यो एउटा नेपाल र नेपालीका लागि ठूलो चुनौति र वाधाव्यवधान पनि हो । यसमा शासक तथा कलाकारहरूले पुनर्निर्माणको जिर्णोद्धारमा अहं भूमिका रहेको तथ्य कटुसत्य पनि हो ।

यदि यसलाई बेलैमा संरक्षण तथा पुनर्निर्माण गरिएन भने एकपछि अर्को लोप भएर जानसक्ने प्रवल सम्भावना देखिन्छ । त्यसका लागि नेपाल सरकार, पुरातत्वविद, कलाकर्मीहरू, कलाविशेषज्ञ, इन्जिनियर सांस्कृतिक विद, प्राविधिक सल्लाहकार सबैको एउटै थलोमा जमघटभई पुरातात्विक मूल्य र मान्यतालाई ध्यानमा राखेर तिनको पुनर्निर्माण गर्नु आजको ठूलो चुनौति मान्न सकिन्छ ।

परम्परागत शिल्पकला संरक्षणमा देखिएका चुनौतीहरू ः

परम्परागत शिल्पकलासम्बन्धी ज्ञानलाई एकपछि अर्को पुस्तासम्म हस्तान्तरण गर्दै जानुपर्नेमा व्यावसायिक पेसामा पुख्र्यौली पेसाले मनग्य आम्दानी गर्न नसक्दा पुख्र्यौली पेसालाई चटक्कै छोडेर अर्के पेसा अपनाउने अथवा विदेश पलायन हुन सक्ने पहिलो चुनौतिको रूपमा देखापरेको छ । ड्ड शिल्पकला पेसा अपनाउने क्रममा मूर्ति निर्माणसम्बन्धी शास्त्रीय ज्ञान, देवी देवताअनुसार आयुधसम्बन्धी ज्ञान, आसन मुद्रासम्बन्धी आध्यात्मिक ज्ञानदिई प्रशिक्षण दिने संस्था नहुँदा परम्परागत मूल्य र मान्यताअनुरूप शिल्पकला उत्पादनमा कमी हुनु । ड्ड शिल्पकला उत्पादन सम्बन्धमा तिनको उचित निर्धारण नहुँदा खुल्लारूपमा उत्पादित हस्तकलाका सामग्री मूर्तिहरू कुन शास्त्रीय मूल्य र मान्यताभित्र पर्छ कुन पर्दैन त्यसको उचित स्तर निर्धारण नहुनु ।

ड्ड शिल्पकला उत्पादन कार्यमा चाहिने कच्चा पदार्थ सरल रूपमा उपलब्ध नहँुदा बजारमा माग बमोजिमको समयमा उत्पादन गर्नका लागि समस्या उत्पन्न हुनु ।ड्ड हाल प्रस्तरकला व्यवसायमा संलग्न पेसाकर्मी कलाकारहरूलाई आवश्यकता अनुरूपको निश्चित साइजको कच्चापदार्थ ढुंगा उपलब्ध नहुँदा, कच्चापदार्थ ढुंगाप्रति गर्ने खानीमा राजनीतिक स्वार्थपूर्तिका क्रममा अनावश्यक रोकावट खडा गर्नु, त्यसका लागि सरकारी निकायका तर्फबाट कुनै कदम नचाल्नु प्रस्तरकला व्यवसायीको ठूलो चुनौति रहेको छ ।

ड्ड प्रस्तरकला व्यवसायमा च्याउ उम्रेजस्तै हाल जताततै नयाँ सिकारु कालीगढहरूले शास्त्रीय ज्ञान तथा धार्मिक मूल्य र मान्यतालाई ख्याल नराखिकन जस्तो पायो त्यस्तो स्तर खस्केको प्रस्तर मूर्ति निर्माणगरी सस्तो मूल्यमा बिक्री वितरण गर्दा परम्परागत प्रस्तरकला व्यवसायमा मूल्यसम्बन्धी अस्थिरता एवं परम्परागत शास्त्रीय विधि विधानमा मूल्य निर्माण प्रक्रिया ह्रास आउने गरेको छ ।

ड्ड सरकारी निकायले नेपाली परम्परागत कला व्यवसाय अन्तर्राष्ट्रिय क्षेत्रमा प्रवद्र्धन गर्नका लागि थप टेवा पु¥याउनुको साथै भन्सार दरको छुुटमा कुनै पहल नगरिकन उदासिनता देखाउनु र करको दायरामा ल्याउने एकतर्फी नीति निर्माणमा मात्र जोड दिनु । ड्ड अन्तर्राष्ट्रिय क्षेत्रमा नेपाली हस्तकला प्रवद्र्धन गर्नमा तथा स्वदेशी कलाकर्मीलाई राष्ट्रिय महत्वको सम्पदा संसक्षण कार्यमा सरिक गराउन कुनै पहल नगरिकन विदेशी प्राविधिज्ञलाई अध्ययन अनुगमनको लागि मात्र प्रोत्साहन गर्नु आदि ।

प्रतिक्रिया