पर्वत । दोस्रो पर्वत स्टार तेक्वान्दो च्याम्पियनसिपमा मनोज नेपाली सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन् । पर्वत जिल्लाको फलेवास नगरपालिका–५ को कार्यालयको मैदानमा भएको च्याम्पियनसिपमा मनोज पुरुष ५४–५८ केजी तौल समूहमा सर्वोत्कृष्ट खेलाडी घोषित भएका हुन् । राष्ट्रिय तेक्वान्दो संघ नेपाल जिल्ला कार्य समिति पर्वतको आयोजना, फलेवास नगरपालिकाको सह–आयोजना र फलेवास तेक्वान्दो डोजाङको आयोजनामा भएको च्याम्पियनसिपमा पुरुष २३–२७ केजीमा सक्षम शर्माले स्वर्ण जिते ।
२ दिने प्रतियोगिताको महिला ३१–३४ केजीतौल समूहमा समिता थापाले स्वर्ण पदक हात पार्न सफल भइन् । कुल १८ तौल समूहमा भएको च्याम्पियनसिपमा १ सय १९ खेलाडीले समान १८ स्वर्ण र रजत तथा ३६ कांस्य पदकका लागि प्रतिस्पर्धा गरेको च्याम्पियनसिपका प्रमुख निर्णायक खडकबहादुर गुरुङ (मदन) ले जानकारी दिए । त्यसअघि २ दिने च्याम्पियनसिपको उद्घाटन फलेवास नगरपालिकाका नगरप्रमुख पदमपाणी शर्माले गरेका थिए ।च्याम्पियनसिपको उद्घाटन र समापनमा उपमेयर मन्जु अधिकारीको उपस्थिति रहेको थियो । च्याम्पियनसिपमा समाजसेवी एवं युवा नेता हरी पौडेल सुन्दर र मोदी गाउँपालिका पर्वतको विशेष सहयोग रहेको थियो । प्रतियोगिताको विजेता खेलाडीलाई राष्ट्रिय तेक्वान्दो संघ पर्वतका अध्यक्ष कमल थापा, प्रतियोगिता संयोजक हिटलर थापा र प्रमुख निर्णायक खडकबहादुर गुरुङ (मदन) लगायतले पुरस्कृत गरे ।
च्याम्पियनसिपको विभिन्न तौल समूहमा समिप थापा, बिमल परियार, सक्षम शर्मा, जोनिश रसाइली, अमित परियार, अनिश कुँवर, कमल चापागाई, संगमथापा मगर, सलिना क्षेत्री, समिता थापा, मनोज नेपाली, सन्देश थापा, अशोक परियार, चन्देश्वर मुखिया, रन्जिता सुनार, प्रतिभा थापा, सेजल पुन, सामना मल्ल र सदीक्षा माझी प्रथम भएका छन् ।
बिवस नेपाली, डायमण्ड पुर्जा, शिशिर माझी, सचिन पौडेल, सागर कुँवर, कृष्ण परियार, दीपक परियार, समीर थापामगर, नन्दनी परियार, सजना परियार, सुवास कुँवर, कुसान गुरुङ, गणेश पौडेल, रिजन प्रसाई, पुष्पा पुर्जा, स्नेहा परियार, लिजा गुरुङ, निरु चौधरी र स्मृति सुनारले रजत पदक जितेका छन् ।
त्यसैगरी, दिप्सन नेपाली, सम्राट पौडेल, मनिष थापा, पुस्कल गौडेल, अनिष सुनार अजय मुखिया, प्रशान्त कुँवर, प्रदीप भुसाल, जोनिश गुरुङ, अर्जुन परियार, विकास नेपाली, अनमोल परियार, सुदर्शन शर्मा, संघर्ष कुँवर, रिचा पुन, एन्जल चन्द घिमिरे, अस्मी परियार, कृष्टिना केसी, शंकर चापागाइँ, सुवास कुँवर, अमृत सुनार धनबहादुर नेपाली, सन्दीप परियार, विजय कुँवर, सरोज नेपाली, राम विश्वकर्मा शुष्मा फकामी पुन, सिल्भिया भुसाल, प्रसन्ना कुँवर, स्वस्तिका थापा, बिडिस श्रेष्ठ र रश्मी रेग्मीले कांस्य पदक जित्न सफल भएको च्याम्पियनसिपका संयोजक हिटलर थापाले जानकारी दिए ।
विजेतालाई ट्रफी, मेडल र प्रमाणपत्र लगायतले पुरस्कृत गरिएको थियो । प्रतियोगिताको समापनको अवसरमा पर्वत जिल्लाबाट प्रशिक्षण लिई पहिलो ब्ल्याकबेल्ट खेलाडी लोकनाथ गिरीलाई सम्मान गरिएको थियो । सौर्य समाचार
प्रतिक्रिया