अफगानिस्तान, ७ पुस । अफगानिस्तानको दक्षिण प्रान्त कान्दाहारको मेवान्द जिल्लामाअवस्थित प्रहरी प्रमुख कार्यालयमा शुक्रबार भएको आत्मघाती आक्रमणमा परी छ प्रहरी अधिकारीको मृत्यु भएको छ ।
यस आक्रमणमा परी अन्य चार प्रहरी अधिकारी घाइते भएका छन् । सरकारी अधिकारीहरुले शुक्रबार सो जानकारी दिएका छन् ।
यस प्रहरी प्रमुख कार्यालयमा शुक्रबार विहान सबेरै भएको आक्रमणको तालिवान आतङ्ककारी समूहले जिम्मा लिएको छ ।
अफगानिस्तानमा हालका दिनहरुमा अफगान सुरक्षा अधिकारीहरुलाई लक्ष्यगरी तालिवान आतङ्ककारी समूहले आक्रमण गर्ने गरेका छन् ।
कान्दाहार प्रान्तका प्रहरी प्रवक्ता घोरजाङ आफ्रिदीले यस आक्रमणमा छ व्यक्ति मारिनुको साथै अन्य चार घाइते भएका बताएका छन् ।
यस आक्रमणमा परेका ती सबैजना पीडितहरु स्थानीय प्रहरी भएको आफ्रिदीले जानकारी दिएका छन् ।
विस्फोटन भीषण भएको र विस्फोटनको आवाज प्रहरी प्रमुख कार्यालयकबाट निकै टाढासम्म सुनिएको एक स्थानीय प्रहरी अधिकारीले नाम नबताउने शर्तमा बताएका छन् ।
ती प्रहरी अधिकारीका अनुसार सो आक्रमणबाट भत्किएको भवनको भग्नावशेषबाट आठ प्रहरीको शव तानेर निकालेको र अन्य तीन प्रहरी बेपत्ता रहेका छन् ।
अफगानिस्तामा करिब १६ बर्ष यतादेखि तालिवान आतङ्ककारी समूहले हिंसा जारी राखेको छ । उनीहरुले द्वन्द्वको क्रममा प्रहरी र सैनिक निरुउत्साहित गर्नको लागि सुरक्षाबल माथि आक्रमण गर्दै आएका छन् ।
प्रतिक्रिया