मेसिन गनजस्तो आवाज निकाल्ने माछा !

एजेन्सी मेक्सिको । संसारमा पाइने माछाहरू मध्ये सबैभन्दा ठूलो माछा व्हेललाई मानिन्छ र सबैभन्दा ठूलो आवाज निकाल्ने माछा पनि यसैलाई मानिँदै आइएको छ । एउटा यस्तो पनि माछा पाइएको छ, जुन व्हेलभन्दा कैयौँ गुणा सानो छ तर, आवाजमा व्हेललाई टक्कर दिन्छ । मेक्सिकोको कालोराडो नदीको एउटा कुनामा गल्फ कोर्विना नामको माछा पाइन्छ । यो यस क्षेत्रमा माघदेखि चैतको बीचमा आउँछ ।

जब यी माछाहरू झुन्डमा जम्मा भएर एकै पटक आवाज निकाल्न सुरु गर्छन्, तब पानीभित्र मेसिन गन चलिरहेकोजस्तो भान हुन्छ । क्यालिफोर्नियाका एक माछा विशेषज्ञ टिमोथी रावेलका अनुसार यो संसारमै आजसम्म पाइएको माछा मध्ये सबैभन्दा ठूलो आवाज निकाल्ने माछा हो ।

माछा विशेषले यस क्षेत्रमा बसेर गरेको अनुसन्धानबाट के पाइयो भने मोटरबोट चलेको बेला पनि यी माछाका आवाज प्रष्ट सुनिन्छ । वैज्ञानिककाअनुसार यी माछाले करिव दुई सय दुई डेसिबलको तीव्रताले आवाज निकाल्छन्, जबकी एउटै माछाले एक सय ७७ डेसिबलको साउन्ड निकाल्छ ।

प्रतिक्रिया