पर्यटकीय क्षेत्रको पहिचान बनाउँदै धारागोला

झापा, ४ पुस । बुद्धशान्ति गाउँपालिका-७ मा रहेको धारागोला पर्यटकीय गन्तव्य बन्दै गएको छ ।

आन्तरिक पर्यटनको प्रवद्र्धन गर्ने उद्देश्यका साथ २०७१ सालमा ‘धारागोला महोत्सव’ आयोजना गरिएको थियो ।

पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न स्थानीय युवा सक्रिय भएसँगै धारागोला पर्यटकीय गन्तव्य बन्दै गएको छ ।

आदिवासी जनजातीको सघन बसोवास रहेको र मेची राजमार्ग नजिक रहेको धारागोलाबाट तराईको मनोरम दृश्य हेर्न सकिन्छ ।

हाल त्यहाँ पाँच तलाको भ्यूटावर निर्माण भइरहेको छ । भ्यूटावर निर्माण समितिका अध्यक्ष निरकुमार सुवेदीका अनुसार हालसम्म ६० प्रतिशत काम सम्पन्न भएको छ ।

सो भ्यूटावर निर्माण गर्न आव २०७१/७२ मा निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रममार्फत् रु १२ लाख, आव २०७२/७३ मा रु १८ लाख र आव २०७३/७४ मा पर्यटन विकास बोर्डबाट रु १० लाख बजेट विनियोजन गरिएको थियो ।

चालु आवमा भ्यूटावरका लागि रु पाँच लाख विनियोजन गरिएको छ ।

यहाँ दैनिक ५० देखि १०० जना आन्तरिक पर्यटक दृश्यवालोकन गर्नका लागि आउने गरेका छन् ।

साहित्यकार मुनाराज शेर्माको परिकल्पनाअनुसार आन्तरिक पर्यटनको प्रर्वद्धन गर्ने उद्देश्यले २०७१ सालमा प्रथम धारागोला महोत्सवको आयोजना गरिएको थियो ।

प्रतिक्रिया