राष्ट्रपति ट्रम्पद्वारा राष्ट्रिय सुरक्षा रणनीति सार्वजनिक

वासिङटन, ४ पुस । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले सोमबार राष्ट्रिय सुरक्षा रणनीति सार्वजनिक गरेका छन् ।

उनले अमेरिकाको राष्ट्रपति भएपछि सोमबार पहिलो पटक आफ्नो प्रशासनको सुरक्षा रणनीति सार्वजनिक गरेको समाचारमा जनाइएको छ ।

उनले यसअघि भन्दै आएको आफ्नो प्रशासनको एक हिसाबले स्थायी अभिव्यक्तिजस्तै मानिएको ‘अमेरिका फस्ट’ (पहिले अमेरिका) भन्ने कार्यक्रमलाई उक्त रणनीतिमा पनि प्राथमिकतामा राखेको देखिन्छ ।

राष्ट्रपति ट्रम्प सत्तामा आएको करिब बर्षदिनपछि उक्त राष्ट्रिय सुरक्षा रणनीति सार्वजनिक गरेको छ ।

यसमा विशेषगरी आर्थिक शक्ति र आन्तरिक सुरक्षामा बढी जोड दिइएको देखिन्छ । साथै सीमा नियन्त्रणमा पनि यसले कडाई गरेको छ ।

यस सुरक्षा रणनीतिमा अमेरिकी सेनाको पक्षमा बलियो अडान लिइएको पनि देखिएको छ ।आर्थिक पक्षका बारेमा पनि सुरक्षा रणनीतिमा समेटिएको छ ।

आर्थिक तथा अन्य हिसाबले अमेरिकाले अर्को विश्वलाई के कस्तो व्यवहार गर्न चाहेको छ भन्ने कुरा पनि यस रणनीतिमा समेटिएको छ ।

उनले अरु विश्वलाई सहकार्य भन्दा पनि प्रतिस्पर्धामा जोड दिएको छ ।

साथै उक्त रणनीतिमार्फत उनले रुस र चीनलाई अमेरिकाको सहकार्य होइन कि प्रतिस्पर्धी हुन् भनेका छन् ।

उक्त रणनीति सार्वजनिक गर्ने क्रममा गरेको सम्बोधनमा ट्रम्पले अमेरिकालाई प्रतिस्पर्धी शक्तिका रुपमा चीन र रुसले चुनौती दिइरहेको उल्लेख पनि गरेको समाचारमा जनाइएको छ ।

कुनै संघ वा व्यक्तिको नामै नलिई उनले अमेरिकाले आतङ्ककारीहरु, आतङ्कवादी संगठन, तथा विविध खालका अपराधिक सञ्जालहरुबाट हिंसाको सामना गर्नुपरिरहेको र यो उसका लागि एक किसिमको चुनौती नै रहेको पनि बताए ।

राष्ट्रपति ट्रम्पले अमेरिकी मान्यता र सम्पत्तिलाई अरु प्रतिश्पर्धीहरुले भने चुनौती दिने कोशिश गरिरहेको उल्लेख गरे ।

उनले यी चुनौती दिएकाहरुको नाम उल्लेख नगरेपनि विशेषत यसअघि अमेरिकाका मुख्य प्रतिश्पर्धीमा चीन र रुस रहेको बताएकोले तीनै देशको चुनौती हो भनिएको छ ।

उनले राष्ट्रिय स्वार्थको संरक्षण गर्ने र अमेरिकी प्रभाव र मान्यताहरुको हितका साथै अमेरिका पहिला भन्ने आफ्नो मान्यतालाई यस सुरक्षा रणानीतिले सघाउन पुर्याउने धारणा राखेको पनि सो समाचारमा जनाइएको छ ।

प्रतिक्रिया