अपराध न्यूनीकरण तालिम सुरु

कृष्ण ओझा

पाँचथर । जिल्लाका प्रहरीले अपराधसम्बन्धी तालिम सुरु गरेको छ । आइतबार जिल्लामा अपराध न्यूनीकरण गर्न तालिम सञ्चालन गरिएको प्रहरी नायब उपरीपक्षक (डिएसपी) वामदेव गौतमले जनाए ।

हेडक्वाटरको नियमित तालिम भएकाले घुम्ती शिविरमार्फत जिल्लामा प्रशिक्षक द्वारा अनुशिक्षण दिइने गौतमले जनाए । यस अन्तर्गत हवल्दार र प्रहरी जवानले ६ दिनसम्म प्रशिक्षण लिनेछन । उनीहरूले अपराध अनुसन्धान तथा नियन्त्रण विशेष अनुशिक्षणबाट ज्ञान प्राप्त गरी व्यवहारमा लागु गर्ने भएका छन् ।

डिएसपी गौतमको प्रमुख आतिथ्यतामा सुरु भएको तालिम संयोजक प्रहरी निरीक्षक बिज्ञान बस्नेतले संचालन गरेका थिए । तालिममा ६ जना प्रहरी हवल्दार र १९ जना प्रहरी जवान गरी २५ जना प्रहरीको सहभागिता रहेको छ ।

बिज्ञान बस्नेतसहित प्रहरी नायव निरीक्षक (सई) श्यामकुमार सुबेदी र प्रहरी सहायक निरीक्षक (असई) पूर्ण गौतमले प्रशिक्षण दिइरहेका छन् ।

प्रतिक्रिया